आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

गायक तथा संगीतकार कुमार तामाङको ”डाप्जोङ गाङला” बजारमा

परदेशी खबर २९ असार २०७५, शुक्रबार १८:३० मा प्रकाशित ( ५ साल अघि) १०२ पाठक संख्या

प्रदेशी खबर/ १३ जुलाइ, कुवेत। तामाङ गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार कुमार तामाङको नयाँ तामाङ दोहोरी गीत ”डाप्जोङ गाङला” बजारमा आइसकेको छ।

ख्याल ठट्टा, माया प्रेम र विदेशी वेदनाको बारेमा चित्रण गरिएको यस गीतको शब्द जनक थोकरको रहेको छ। संगीत गायक स्वयंको रहेको छ भने दोहोरिमा स्वरमा नव गायिका रोशनी लामाले साथ दिएकी छिन। पर्पल स्टुडियो नक्सालमा रेकर्डिङ गरिएको यो गीतलाई सेलो म्युजिक प्रोडक्सनले बजार व्यवस्थापन गरेको छ।
भिडियो हेर्नुहोस।