नेपालको प्रस्ताव भारतले रुचाएन, अटेर गर्दै भारतीय राजदूतावास

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शार्मा ओलीले संसदमा जानकारी गराए पनि विराटनगरस्थित सम्पर्क कार्यालयलाई भारतले हटाउन रुचाएको छैन ।

नेपाल भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरको सम्पर्क कार्यालय हटाउने आश्वासन दिएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

मोदीको आश्वासनपछि ओलीले संसदमा सो कार्यालय एक महिनाभित्र हट्ने जनाएका थिए । भारतले व्यवस्थापन लगायतका केही प्रक्रिया पूरा गर्नुपर्ने भन्दै सम्पर्क कार्यालयलाई हटाउन रुचाएको छैन ।

भारतले विराटनगरस्थित सम्पर्क कार्यालय बन्द गर्ने बचन नेपाल सरकारलाई दिएको छ । विराटनगरको सम्पर्क कार्यालय हट्ने वित्तिकै नेपाली व्यापारीहरूलाई सानो कामका लागि पनि काठमाडौंस्थित भारतीय राजदूतावास धाउनु पर्नेछ ।

राष्ट्रवादको नारा लगाएर झण्डै दुईतिहाई बहुमत ल्याएका तत्कालीन एमाले र माओवादी केन्द्रले विराटनगरको भारतीय सम्पर्क कार्यालय हटाउन दवाव दिँदै आएका छन् ।

तर, त्यो कार्यालयले आफूहरूलाई सजिलो भएको भन्दै व्यापारीहरूले नहटाउन दवाव दिएको उच्च स्रोतले जनाएको छ । विराटनगरस्थित सम्पर्क कार्यालय भवनमा भारतीय झण्डा फहराई रहेको छ । कार्यालयमा कर्मचारीपनि यथावत छन् ।

अघिल्लो हप्ता मोरङ उद्योग व्यापार संगठनको टोली विराटनगर नजिकै बनाइँदै गरेको सुख्खा बन्दरगाह अवलोकन गर्न जाँदा भारतीय सम्पर्क कार्यालयका अधिकारीहरू पनि सँगै गएका थिए ।

भारतीय सम्पर्क कार्यालय बन्द गर्ने होइन, निरन्तरता दिने जवाफ आएको दावी नेकपाका एक नेताले बताए । सीमा क्षेत्रमा बाँधिएका बाँध सम्बन्धी जिम्मेवारी पूरा गर्न सो कार्यालय आवश्यक रहेको जवाफ भारतीय अधिकारीहरूले दिएका छन् ।

सीमा क्षेत्रमा भएका बाँधले सिर्जना गरेको डुबान समस्या समाधानका लागि नेपाल–भारतबीच संयुक्त कमिटी बनेको जानकारी दिँदै त्यसलाई सघाउन पनि सम्पर्क कार्यालय आवश्यक रहेको भारतीय पक्षको भनाइ छ ।

२०६५ भदौमा आएको बाढीले कोशीको बाँध भत्काएपछि उत्पन्न समस्या समाधानका लागि भारतले विराटनगरमा सम्पर्क कार्यालय स्थापना गरेपनि त्यसको प्रयोजन सकिएपछि नेपाल सरकारको अनुरोधका बाबजुद हटाएको थिएन ।






Related Posts
  • सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते
  • सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै
  • प्रवासि इलामेली सेवा समाज कुवेतको बार्षिक उत्सव तथा अधिवेशन कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा
  • आगामि जुलाई ५मा सेन्ट्रल ब्लड बैंकमा रक्तदान कार्यक्रम हुदै, कार्यक्रममा सहभागिताको लागि तमु समाज कुवेतको आह्वान
  • पछिल्ला सम्प्रेसणहरु

    दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

    सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

    सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

    बिजनेष

    ५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस