आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतको अधिवेशन सम्पन्न,सोम रसाइली अध्यक्षमा निर्वाचित

परदेशी खबर १७ असार २०७५, आईतवार ०५:२८ मा प्रकाशित ( ५ साल अघि) २४९ पाठक संख्या

परदेशी खबर /१, जुलाई कुवेत | अन्तर्राष्ट्रिय कलाकार मन्च  कुवेतको शुक्रबार सम्पन्न दोश्रो अधिवेशनभब्यताको साथ् सपन्न गरि नया कार्यसमितिमा  सोम रसाइलीलाई  अध्यक्षमा चयन गरेको छ |

जिलिपको पनिन्स हलमा भएको अधिबेशनलाई नेपाली दुताबास कुवेतका प्रथम सचिब तथा कार्यक्रमका प्रमुख अतिथि भोगेन्द्र लिङ्देनले उद्घाटन गरेका थिए |

लालीगुराँस साँस्कृतिक परिवारका अध्यक्ष माधव पौडेलले सजहिकरण  गरेको कार्यक्रमलाई  सन्ध्या मगरले स्वागत मन्तब्य दिएकी थिइन् |

सोम रसाइलीको सभापतित्व तथा दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दुताबासकै तृतीय सचिब सुरेश अधिकारी, श्रम सहचारी ज्ञानेन्द्र शर्मा बिशेष अतिथि रहेका थिए भने बिभिन्न संस्थाका प्रमुख, पत्रकार, समाजसेवी लगायत अतिथि रहेका थिए |

अधिवेशनको अवसरमा मंचले कुवेतमा सामाजिक कार्यमा अग्रसर लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाल र सिर्जनशील युवा समाज कुवेतका अध्यक्ष पुस्कर सिंह धामीलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो भने पन्चेबाजा टोलीलाई बिशेष सम्मान गरेको थियो |

कार्यक्रममा मंचले नेपाली दुताबासका तृतीय सचिब सुरेश अधिकारीलाई सम्मान सहित बिदाई गरेको थियो | तृतीय सचिब अधिकारी आफ्नो पदोन्नती हुदै नेपाल फर्कने तयारीमा रहेको बुझिएको छ |

कार्यक्रममा प्रमुख अतिथि, बिशेष अतिथि लगायत अन्य बक्ताहरुले कलाकार राष्ट्रका गहना भएकाले यसको संरक्षण गर्नुपर्ने बताउदै नेपाली कला, संस्कृति र परम्परालाई बचाई राख्न भन्दै नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए | कार्यक्रममा असार पन्ध्रको बिशेष खाना दहि र चिउराको ब्यबस्था गरिएको थियो |

नयाँ कार्यसमिति यस प्रकार छ |

अध्यक्ष- सोम रसाइली

बरिस्ठ उपाध्यक्ष तथा संयोजक- राजु थापा मगर

द्दितीय- उपाध्यक्ष पुर्णिमा बुढा मगर

महासचिव- राजन सुवेदी

सचिव- बिराज तामाङ,

कोषाध्यक्ष- रोहित तिमसिना

सह-कोषाध्यक्ष- सन्ध्या सिंजाली मगर

महिला- संयोजक नेहा राई

सदस्यहरु :-

सोम माया तामाङ्ग (अस्मि), कुमार स्याङ्गतान  तामाङ्ग, ईन्द्र ग्यान्छान तामाङ्ग, धर्मेन्द्र गौतम, बिष्णु  राउत क्षेत्री, प्रेम बिष्ट, राजु कार्की, माया बिक, सबिना घिसिङ् जुना राई, मधु सुदन न्यौपाने, रबि परियार, दिपेश श्रेष्ट, सुनिल परियार, राजु थापा  मगर, डोल्मा  तामाङ, राज स्याङ्ग्बो  तामाङ, मुक्त बा. बिक, गंगा  तामाङ(सानु), बिष्णु बराल, सोनिया मोक्तान, विश्व बा.  तामाङ, आभास स्याङतान तामाङ, हिमाल लामा, मिना लामा, सुरज सेन्चौरी, सिर्जना पाण्डे र महमद अलि खान

बरिष्ठ सल्लाहकार- राजेन्द्र बिरही, प्रसाद तिमसिना

सल्लाकारहरु– डि.वी. लोप्चन, नवीन श्रेष्ठ, उमा घिमिरे, निर्मला राई, अर्जुन लामा र अरुण लिम्बु