काभ्रेमा १२जना सवार मिनि ट्रक दुर्घटना: ३ जनाको अवस्था गम्भिर

११ असार, काभ्रे । करिब १२ यात्रु सवार मिनी ट्रक काभ्रेको बनेपा-५ रबिओपीमा दुर्घटना भएर आगो लागेको छ । देवीटारबाट बनेपा तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको हो ।

दुर्घटना भयानक भए पनि मानवीय क्षति हुनबाट भने जाेगिएकाे छ । काभ्रे प्रहरीका अनुसार, दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर छ ।

उनीहरुको अहिले शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त ट्रकमा लागेको आगो निभाउन दमकल बोलाइए पनि १ घण्टा ढिलो पुगेको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।

मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले दुर्घटनाबारे अनुसन्धान भइरहेकाे जानकारी दिए।

अनलाइन खबरबाट साभार गरिएको।






Related Posts
  • साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’
  • १७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)
  • एसईई आइताबार देखि हुदैं
  • कुवेतसँग मैत्रीपुर्ण खेलमा नेपालको बराबरी
  • पछिल्ला सम्प्रेसणहरु

    एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा

    जापानले नेपाली कामदार अप्रिल १ बाट लाने विषयमा सोमबार समझदारी हुने

    कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने

    बिजनेष

    श्रम शोषण अन्त गर्न १२ देश सहमत

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस