आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

भव्यताको साथ मनायो ससफो स्थापना दिवस युएईमा 

परदेशी खबर ३ असार २०७५, आईतवार ०६:४१ मा प्रकाशित ( ५ साल अघि) १८५ पाठक संख्या
परदेशी खबर १७,जुन युएई | संघिय समाजबादी फोरमको चौथो स्थापना दिबस पार्टी प्रबास समिति नेपाल सङ्घीय समाज (नेफेसो)युएइको आयोजनमा सुक्रबार १५ जुन २०१८ मा युएईको दुवइ सहर स्थित एभरेस्ट इन्टरनेसनल होटेलमा भब्य रुपमा सम्पन भएको छ।

कार्यक्रमलाई संघिय समाज युएई सचिव  दिलकुमार लोप्चनले सहजीकरण गरिएको थियो भने कार्यक्रमको सभापतित्व  समाजका अध्यक्ष बाबुराम लोप्चनले गर्नु भएको थियो।
कार्यक्रम अतिथिहरुको आसन ग्रहण पश्चात नेपालको गणतन्त्र प्राप्तिको आन्दोलनमा शहिद हुनु भएका ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौनधारण पश्चात राष्ट्रिय गीत “सयौ थुंगा फुलको हामि” बजाएर उल्लासमय बाताबरणमा सुरु भएको थियो। कार्यक्रमको उद्घाटन पानसमा बत्ति बाल्दै सम्पूर्ण अतिथिहरुबाट संघिय समाजबादी फोरम चौथो स्थापना दिवश लेखिएको केक काटेर सामुहिक रुपमा उद्घाटन गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै संघिय समाज युएइका उपाध्यक्ष अंचल राइले नेपालका मुख्य दल भनिएकाहरुबाट संघियता र संबृद्दी बिचैमा तुहिन सक्ने भन्दै नेपाली कांग्रेसले लोकतान्त्रिक समाजबाद र नेकपाले साम्यवादी समाजवादको रटान गरे पनि दुवै पार्टीबाट समाजबादी क्रान्ति पूरा हुन नसक्ने ठोकुवा गर्दै संघियता र संबृध्दी कार्यन्वयनको लागि संघिय समाजबादी फोरमको विकल्प नभएको बताए ।

स्थापना दिवशको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा दिवा भोज कार्यक्रमका प्रमुख अतिथि संघिय समाजबादी फोरम केन्द्रीय परिसद सदस्य डेरराज गुरुङ तथा बिशेस अथितिहरु नेपाल पत्रकार महासंघ साखा युएई अध्यक्ष भुपराज बस्याल ,नेपाली समाज युएइको अध्यक्ष चन्द्र प्रसाद सापकोटा , बिश्व सहयोग संघ युएई अध्यक्ष गोबिन्द ढकालको उपस्थिति रहेको थियो भने अथितिहरु नेपाल आदिबाशी जनजाति महासंघ युएई कोषाध्यक्ष नरबहादुर सुनुवार , किरात राइ यायोखा शाखा युएई उपाध्यक्ष चन्द्रकला साम्पाङ्ग ,प्रबासी भुजेल सेवा समिति युएई उपाध्यक्ष तुलबहादुर घर्ति भुजेल , तमु समाज युएई महिला बिभाग प्रमुख उर्मिला गुरुङ , संघिय समाजबादी फोरम केन्द्रीय प्रतिनिधि प्रमोद श्रेष्ठका साथै संघिय समाज युएइका कार्यसमिति पदाधिकारी पार्टी क्रियाशील सदस्य , समर्थक एबम सुभ चिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली समाज युएइका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले राजनीति कार्यकर्ता तथा नेताहरुले पार्टीका मुख्य नेताहरुको झोला बोकेर हिड्ने मात्रै नभएर समाज , गाउँ बिकाशको काममा पनि सक्रिय हुनुपर्ने बताउँनु भयो। उहाँले ‘राजनीतिक पार्टी बचाऊको नाममा आफ्नै नेता कार्यकर्ताहरुले गलत गरे त्यसको बिरुद्दमा जान सक्ने व्यक्तिहरुको बिकाश हुनु पर्ने अन्यथा नेपालको सम्बृध्दी सोचे अनुरुप सहज नहुनेमा जोड दिनु भएको थियो साथै प्रबाशमा रहेको नेपालीहरुको दुख र समस्यालाई समाधानको लागि पनि संघिय समाजबादी पार्टीले बिशेष ध्यान दिन सकोस् भन्दै पार्टी सफलाताको सुभकामना ब्यक्त गर्नुभएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युएइ अध्यक्ष भुपराज बस्याल , बिश्व सहयोग संघ युएई अध्यक्ष गोबिन्द ढकाल, संघिय समाज युएइ उपाध्यक्ष भगवती चामलिंग लगायतले सुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय पार्षद  डेरराज गुरुङले नेपालमा हिजोको राज्य सत्ताले विभेदपूर्ण व्यवहारको कारण जहिले नेपाली जनताले क्रान्ति गर्नु परेको उल्लेख गर्दै अब संबिधान संसोधनबाट सबै किसिमको समाधान खोजिनु पर्ने अन्यथा जनयुद्द र जनआन्दोलन भन्दा पनि ठुलो आन्दोलन उठ्ने त्यसको नेत्रित्व संघिय समाजबादी फोरमले गर्ने बताउँनु भयो। नेपाल बिविध भाषा , धर्म संस्कृति रहेको बहुजातीय राज्य भएको हुँदा देशका सम्पूर्ण समस्याहरुलाई पहिचान सहितको संघियताले मात्रै हल गर्न सक्ने बताउँनु भयो। नेपालीहरु कोहि काले कोहि गोरे अनि भाषिक सांस्कृतिक रुपमा पनि फरक-फरक रहेकोले काले देख्ने बित्तिकै भारतीय हो भन्ने र खस नेपाली भाषा नबुझी आफ्नो मातृ भाषा बोल्नेहरू नेपाली होइनन् भन्ने मानसिकता हटाउन पनि संघीयतालाई सस्थागत गर्नुपर्नेमा जोड दिनु भयो।

उहाँले संघिय समाजबादी हाल सत्तामा गए पनि त्यस्तै परिस्थिति आए सत्तामा टाँसिएर नबस्ने बताउँदै संघिय समाजबादी पार्टी प्रधानमन्त्री वा मन्त्रीको जागिर खानको लागि नभएर जनताको दुख, समस्या समाधानको लागि निर्माण भएकोले धेरै नेताहरु मन्त्री पद छाडेर उत्पिडन समुदायको लागि सडकमा आएको बताउनु भयो। उहाँले हरेक नेपालीहरुले राजनीतिक बुझ्नु पर्ने पार्टी तथा नेताहरु बारे जानकार हुनु पर्ने र चुनाब आउँदा अरुले सिकाएको वा भोजभतेर खुवाएको भरमा नभई स्वबिवेक प्रयोग गरेर राजनीतिक दललाई भोट गर्न सक्ने किसिमको चेतना बिकास हुनुपर्ने बताउँनु भयो।

कार्यक्रम समापन गर्दै संघिय समाज युएइका अध्यक्ष तथा कार्यक्रमको सभापति बाबुराम लोप्चनले नेपाल विभिन्न प्रकारको मानब संस्कृति र सभ्यताहरुको उद्गम स्थल भएको हुनाले अनेक खाले समुदायगत समस्याहरु रहेको तथ्य औल्याउँनु भयो। उहाँले भन्नुभयो, ‘बिगतको राज्यसत्ताले जबरजस्ती अन्य समुदायहरुको भाषा, संस्कृति, भूगोल र ईतिहासलाई तहस नहस बनाएर आफ्नो अनुकुल धर्म, संस्कृति लादेकोले उत्पिडित समुदायले आफ्नो सांस्कृतिक पहिचान र अस्तित्व गुमी रहेको हेरिरहनु पर्ने दिनको अन्त्यको लागि संघिय समाजबादिको विकल्प नभएको बताउँनु भयो।