आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा घरेलु मदिरा उत्पादनमा संलग्न ६ जना नेपाली पक्राउ

परदेशी खबर २८ जेष्ठ २०७५, सोमबार ०४:४५ मा प्रकाशित ( ५ साल अघि) २८४ पाठक संख्या

जुन ११, कुवेतl घरेलु मदिरा उत्पादनमा सक्रिय ६ जना नेपालीलाई कुवेतका स्थानीय प्रहरीले कुवेतको साद अल-अब्दुला इलाकाबाट घरेलु मदिरा सहित पक्राउ गत शनिवार रङ्गेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ३ महिला र ३ पुरुष रहेको र उनीहरुको परिचय भने नखुलाइएको उक्त समाचारमा ठुलो मात्रामा लुकाएर राखिएको ९ सय ८० बोतल भन्दा बढी तयारी मदिर र उत्पादनका प्रयोग गरिने सामग्रीका साथ एक थान गाडीको पनि नियन्त्रण गरिएको स्थानीय सन्चार माध्यम Ayman Mat मा जनाइएको छ ।

कुवेतको कानुनमा मदिराजन्य पदार्थको उत्पादन वा बिक्री वितरण गर्न पुर्णरुपमा प्रतिबन्ध लगाइएको छ साथै यस महिना मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना मानिने रामदानको परेको हुनाले पनि पक्राउ पर्नेहरुलाई कडा सजाय हुन सक्ने अनुमान गरिएको छ ।

बिगतमा पनि कुवेतमा यस्ता प्रतिबन्धित कार्यहरुमा बिशेष गरेर मदिरा उत्पादनमा संलग्नता भएका प्रायजसो नेपालीहरु पक्राउ पर्दै आएको समाचारहरु सम्प्रषण हुदै आएको छ l