आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

जातीय सन्तुलननै समृद्धिको पहिलो आधार हो-युवक राई

परदेशी खबर २७ जेष्ठ २०७५, आईतवार १८:३१ मा प्रकाशित ( ५ साल अघि) ४१४ पाठक संख्या

युवक राई (ठिमुर)

विकासित राष्ट्रलाई यदि सोध्ने हो भने, तपाइको राष्ट्र समृद्धिको प्रमुख कारण के हो ? सबैको संभवत दुई प्रमुख उत्तर हुन्छ पहिलो- देश भित्रको जातीय /धार्मिक सन्तुलन र दोस्रो – कानुनको शासन । जब कुनैपनि देशको युवलाई उसको दक्षता, उर्जालाई उसको जात र वर्गको आधारमा मुल्याकन गरि राज्यले उपयोग गर्छ भने त्यहीँ बाट देशको धरातल बिगार्ने पहिलो कारण सुरु भएको हुन्छ ।

यहीँ परम्परालाई भत्काउदै उसको योग्यता उसमा भएको क्षमतामय उर्जालाइ उपयुक्त ठाँउमा ल्याएर राज्यको प्रत्येक निकायमा अघि बढ्न दिने हो भने समृद्धि अझ तिब्रताका साथ अघि बढ्छ । तब मात्र देशले समान , निरन्तर बिना रोकावट दिगो विकाश गर्न सक्छ । अझ विकशित रास्ट्रमा आफ्ना योग्य जनशक्तिले नपुगेर अन्य मुलुकका योग्य क्षमतावान युवालाई आफ्नो देशमा भित्र्याउन राम्रो तलब र सुबिधा दिएर विकाशको चक्का अझ तीब्रताका साथ घुमाइ रहेका हुन्छन् ।

नेपालमा जातीय सन्तुलनको सिद्धान् अझ आजको दिनमा किन पनि आवस्यक छ भने विश्वको थोरै देशमध्य धेरैनै सम्भावना भएको देश भित्र नेपाल पनि पर्छ । अझ अहिलेको जनगणना अनुसार बच्चा र बृद्ध भन्दा बडी युवा भएको रास्ट्र हो नेपाल । यो संभवत थोरै देशको तथ्यांकमा छ । यति धेरै असिमित सम्भावना भएको मुलुक र धेरै युवा शक्ति भएको पनि मुलुक नेपाल । तर अहिले जुन प्रकारको हाम्रो कर्माचारी प्रणाली छ ।नातावाद , कृपावाद , पार्टीवाद , घुसवाद र एकल जातिवाद। यसले केहि सिमित जातिको र पहुँचवालाको क्षमतावान युवाले ठाँउ पाउछन् ।तर अन्य जातिको दक्ष युवाले आफ्नो योग्यता अनुसारको ठाँउ नपाए पछी प्रवास पलायन हुन्छन ।

यस्ता शक्ति पलायन हुनु भनेको राज्यलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा घाटा भै रहनु हो । उदाहरणका लागि सिंगापुरलाइ लिउ , जसले एकै पुस्ताले कुनै प्राकितिक सम्पदा बिना तेस्रो विश्वबाट कसरि पहिले विश्वमा पर्न गर्यो ? यसको मुल मन्त्र त्यहाँ रहेका भारतबाट गएका तामिल , मलेसियाबाट गएका मलय र चाइनाबाट गएका चाइनिजहरुको मिश्रित समुदायबाट बनिएको राष्ट्र हो सिंगापुर । तर जब सिंगापुरमा लि क्यान युको राजनीतिक उदय भो उसले तिनै समुदायलाई कहिले असमान ब्यबहार गरेनन । तिन वटै समुदाय भित्रका क्षमतावान युवालाई सदा राज्यको प्रतेक निकायमा अघि बढ्न प्रोत्हसाहन गरे ।

हुनत लि क्यान युको पुस्ता चिनबाट उपयुक्त रोजगारको खोजीमा त्यहाँ पुगेको भए पनि उसले कहिले त्यहाँका अन्य देशबाट आएका जाति , धर्मलाई परको मानेनन् । सबैलाई सिंगापुरको विकाशको लागि उतिकै अवसर र प्रोत्साहन दिए । त्यहाँ पनि जातीय , धार्मिक लफडा कहिलेकाही नहुने हैन । तर राज्यले कसैको पक्ष वा विपक्षमा नबसेर मिलाई रह्यो । यसो हुदा सबै जाति , बर्ग , धर्मलाईले देशको समान नागरिक भएको महशुस गराउदै राज्यको विकाशमा समान योगदान दिन सक्ने बनाए। यस्तो अवस्थामा कानुनको शाशन सधै पालना गर्ने भए । आजको सिंगापुर बन्न सबै जाति , भाषी र समुदायको उतिक्कै देन छ ।

तसर्थ नेपालमा पनि युवा शक्तिलाई कुनै जातीय , धार्मिक , भोगालिक , बर्गीय तराजुले ननापी समान अवसर र प्रोत्साहन राज्यले दिने हो भने जातीय तिक्तता वा दुरी मात्रै घटी देशको विकाश पनि क्रमिकरुपमा बढ्दै जान्छ । त्यसैले अहिलेको नेपालको जातीय जटिलताको हल ननिकाली कुनै पनि तन्त्रले वा जतिनै शक्ति सम्पन ठुलो पार्टीले समृद्धिको कुरा गर्नु भनेको मत ल्याउने र सस्तो लोकप्रियताको लागि बोलिने केहि शब्द मात्र हुन्छ /जान्छ।

जातीय सन्तुलन नभएको खण्डमा नेपालमा समान्तर सबै भूगोलमा कानुनको शाशन लागु हुन निकै कठिन पनि छ । किनभने भूगोलको उपभोग वा संरक्षण , विकाश वा बिनास , इतिहास वा भविष्य  त्यहाँ बस्ने जनताले तय गर्ने हो । तसर्थ कानुनको शाशन पालना जनताले गर्ने हो । अझ नेपाल बिभिन्न प्रकितिक , साँसृकितिक , धार्मिक , जाती , भाषाले बनेको एक सानो तर उदाहरणीय देश हो । तर विडम्बनाको साथ भन्नु पर्छ । देश कहिले कुनै देशको प्रत्यक्ष गुलाम नभए पनि । आफ्नै देश भित्र बस्ने निश्चित जाति र बर्गको सदै गुलामी भै रह्यौ । बर्तमानमा पनि त्यसको ठुलो हिसा अझै सकृय सत्ता लिप्तमा छन । फल स्वरुप शोषनमा परेका धेरै अन्य जातिलाइ समयले ल्याएको शिक्षा , प्रबिधि , बिचारको आधुनिकीकरण संगै । इतिहास बाटै पुस्तौ पुस्ता खप्टीएर बनेको शोषनको पहाडलाइ बिद्रोहको ज्वालामुखीले फुटाउने तिब्र आक्रोशहरु बढ्दैछ ।

 

यसको उदाहरण धेरै छन बर्तमानमा जस्तै मधेसी , जनजाति , दलित लगाएतको अहिले आफ्नो अधिकारको लागि अपनाएको मानसिक , ब्यबहारिक , राजनीतिक बाताबरणहरुलाई लिन सकिन्छ । यसले गर्दा रास्ट्र अप्रत्येक्ष रुपमा झन् जटिलतामा फस्दै गइ रहेको छ । अहिले हेर्दा जातिय असन्तुष्टि सामन्य र बिस्तारै साम्य हुन्छ जस्तो देखिए पनि यो कुनै एक बिन्दुमा पुगे पछी बिस्फोट भएर छाड्छ। तसर्थ राज्यले यस्तो जातीय बिस्फोटन असफल पार्न एउटै आधुनिक र दिगो विकल्प भनेको जातीय सन्तुलनको सिद्धन्त अवलवन गर्नु हो । जातीय सन्तुलन भनेको सबै जातिलाई सामाजिक र राजनीतिक ब्यबहारमा , विकाशमा समान जातीय दृष्टिमा एकै बनाउनु सक्नु हो । यस्तो जातीय सन्तुलन भएको खण्डमा व्यक्ति , समाज , क्षेत्र आफै जोडिने भावना विकशित  हुन् थाल्छ जब यस्तो भावना विकशित हुदै जान्छ ।

यसैलेनै दिगो राष्ट्र जोड्ने भावनाको आधार आधारभूतरूपमै तयार हुदै जान्छ । जब राष्ट्र जोड्ने भावनाको सन्तुलन वातावरण तयार हुन्छ । यहि बेला राज्यले कानुनको शाशन सहज , सरल र सबै संग समानान्तर ढंगले लागु गर्ने सम्भावन हुन्छ। तब मात्र राष्ट्रको  समृद्धिको कल्पना गर्न सकिन्छ । अत: भौतिक बिज्ञानले पनि भन्छ , सन्तुलन आधार भए मात्र निर्माणको कल्पना वा सुरुवात गर्न सकिन्छ। यदि सन्तुलन आधार बिनै कुनै उचाई जतिनै अग्लाए पनि एक दिन लड्छ नै लड्छ चाहे जातीय सन्तुलन बिनाको समृद्धिनै किन नहोस्।

 

युवक राई ठिमुर / जुन १० कुवेत