नेपालमा इबोला संक्रमण देखिए नियन्त्रण गर्ने क्षमता छैन

काठमाडौं, १३ जेठ । द्वन्द्वग्रस्त मुलुक कंगोमा फैलिएको प्राणघातक इबोला संक्रमित व्यक्ति नेपालमा आइहालेमा रोग नियन्त्रण गर्न समस्या पर्ने देखिएको छ ।

कंगोमा पछिल्लो समय गैरसरकारी संस्थामा काम गर्ने तथा शान्ति स्थापनाका लागि गएका नेपाली सेनाको संख्या उल्लेख्य छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

जसका कारण इबोलाको उच्च जोखिममा नेपाल पनि रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कर्मचारी बताउँछन् ।

‘संक्रमित व्यक्ति नै आइहाले वा रोग फैलिहालेमा नियन्त्रण गर्ने क्षमता हामीसँग छैन,’ महाशाखाका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भने । इबोला लागेको शंकास्पद व्यक्ति आएमा आइसोलेसनमा राख्न नेपालका कुनै पनि अस्पतालसँग क्षमता नरहेको उनले बताए ।

सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई इबोला रोगको उपचार गर्ने ठाउँ तोकेको छ । तर, सो अस्पतालमा त्यस्ता विरामी पठाउन नमिल्ने सेन्चुरीले बताए ।

‘त्यत्रो भिड हुने अस्पतालमा इबोला रोगी पठाए अन्यमा सर्ने जोखिम हुन्छ । त्यसैले पठाउनै मिल्दैन,’ उनले भने । इबोला लागेको शंका लागेको व्यक्तिलाई बस्तीभन्दा टाढा रोगको इन्क्युवेसन पिरडसम्म क्वारेन्टाइनमा राख्नुपर्ने उनले बताए ।

सन् २०१४ मा लाइबेरिया, गिनिया, माली, नाइजेरियालगायतका मुलुकमा इबोला महामारी हुँदा नेपाली सेनाले ती मुलुकबाट फर्कने सैनिकलाई एयरपोर्टबाटै ककनीमा लगेर छुट्टै क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ एक महिना राखेपछि मात्र घर जान र परिवार भेट्न दिएको थियो ।






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस