आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

उत्तर कोरियाद्वारा दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द

परदेशी खबर २ जेष्ठ २०७५, बुधबार ०३:५५ मा प्रकाशित ( ५ साल अघि) १७४ पाठक संख्या


जेठ २ – उत्तर कोरियाले दक्षिण कोरियासँगको उच्चस्तरीय वार्ता रद्द गरेको छ । अमेरिकासँग दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासबाट रुष्ट बनेको उत्तरकोरियाले दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द गरेको घोषणा गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ ।

यसअघि, बुधबार दुई कोरियाबीच उच्चस्तरीय वार्ता हुने तय भएको थियो । अमेरिका र दक्षिण कोरियाले १९५३ को द्धिपक्षीय सम्झौता अनुुसार संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । तर, उत्तर कोरियाले अभ्यासका विषयमा आपत्ति जनाउँदै आएको छ ।

यसअघि, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच भएको छलफल पछि कोरियाली प्रायद्धीपलाई परमाणु हतियार मुक्त गर्ने सहमति भएको थियो ।

उत्तर कोरियाको यो घोषणापछि अमेरिकासँगको उच्चस्तरीय वार्ता पनि अन्योलमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उज्यालो अनलाइनबाट साभार