चितवन सेवा समाज कुवेतद्वारा भित्तेपात्रो सार्वजनिक

परदेशी खबर / मे १२, कुवेत l चितवन सेवा समाज कुवेतले हिजो मे ११ तारिक शुक्रबार फर्वानिया पार्कमा नेपाली नयाँ बर्ष २०७५ को भित्तेपात्रो सार्वजनिक गरेको छ।

“चितवनको विकास र सामाजिक भावना, समाजको एकता र समृद्धिको चाहाना”भन्ने मुला नारा बोकेको समाजले कुवेतमा रहेका चितवनबासी सबैलाई एकीकृत गर्ने उदेश्यले अगाडि बढेको उक्त समाज २ बर्ष देखि भित्तेपात्रो सार्वजनिक गर्दै यस बर्ष पनि चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति काठमाडौ लगाएत बिश्वभरीका १२ देशहरूसग सहकार्य गरि उक्त भित्तेपात्रो बिमोचन गरेको समाजका अध्यक्ष नविन लोप्चनले बताए।

स्थापनाकाल देखिनै सकृय रहदै आएको समाजले कुवेतमा बिभिन्न समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई समेत उद्वार गरि नेपाल फर्काउने काममा समेत सहयोग गर्दै आएको छ l हामी नेपाली जो जहाँ रहेपनी हामी नेपाली हौ नेपाललाई कसरी हुन्छ समृद्धितर्फ लैजान चितवनबासीले मात्रै गरेर सम्भव नहुने भएकोले हामी सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले आत्मसात गर्दै दु:ख सुखमा एक नेपालीले अर्को नेपालीलाई आफुले सकेको सहयोग गरौ भन्ने समाजको धारणा रहेको छ।






Related Posts
  • तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस