आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

कुवेतमा नारायण पराजुलीले भोग्नु परेको पिडा

परदेशी खबर २८ बैशाख २०७५, शुक्रबार १६:३७ मा प्रकाशित ( ५ साल अघि) २८२ पाठक संख्या

पिडित नारायण पराजुलीको हातमा चोट लागेको औला

परदेशी खबर/कुवेत l नेपालमा बेरोजगारीको समस्याले चल्नै नसक्ने गरि जकडिएका दक्ष युवायुवतीहरुलाइ हात मुख जोड्नकै लागि भए पनि खाडी मुलिक लगाएत विभिन्न देशमा पलायन हुन बाध्य छन् l यस्तै बेरोजगारीको समस्यामा परेर परिवारको दैनिकी जीवन धान्नका लागि नेपाल देखि कुवेत आइपुगेका खोटाङ जिल्ला खोटेहाङ गाउपालिका ९ निवासी नारायण पराजुलीको पिडा दर्दनाक छ l

वैदेशिक रोजगारीको सिलसिलामा करिब २ वर्षअगाडी नेपालको ” रिभर ओभर्सिज”म्यानपावरबाट बैधानिक रुपमा कुवेतको “इटेड इन्जिनियरिङ जनरल कन्ट्र्क्सन एन्ड ट्रेडिङ कम्पनी / जे.सि.सि कम्पनीमा नारायण पराजुली आइपुगे l नेपाल सरकारले फ्री भिष फ्री टिकेट भनेर नियम बनाएता पनि पराजुलीलाई यस नियम कानुनले भने छुन सकेन र म्यानपावरमा ७५ हजार रुपैयाँ रकम तिरेर कुवेत आइपुगे l यहाँ आएर काम गर्दा पराजुलीले नेपालबाट सोचेको भन्दा धेरै फरक र अप्ठ्याराहरुको सामना गर्नु पर्यो l उहाँको काम स्काफ फोल्डिंग क्षेत्रमा थियो र सुरुका दिनमा त काम गर्न नसकिएला भन्ने मनोबल एकदमै कम्जोर महसुस भएता पनि ऋण काढेर आएकोमा काम जतिनै गाह्रो भएता पनि निरन्तता दिनुको अरु विकल्प थिएन र काममा लागिरहेको बताए l काम गर्दै जादा एक दिन कार्यस्थलमा पराजुलीको हात च्यापिन पुग्यो l घाइते पराजुलीलाइ अस्पतालमा लगियो l डाक्टरका अनुसार दायाँ हातको बुढी औंलाको टूप्पको हड्डी पेलिएर गहिरो चोट पुगेको अवस्था बताए साथै सोहि दिन डाक्टरले बिमाको लागि पुलिस रिपोर्ट बनाइ छाप लगाउनको लागि कागज दिएर पल्लोपट्टिको काउन्टरमा पठाएको बेला घाइतेसंगै गएका कम्पनीको ड्राइभरले उनको हातबाट कागज लगेर गाएब बनाएको रहेछ l यो कुरा धेरै पछि पराजुलीले थाहा पाए l जसको लागि १० सौं महिनासम्म कुहिएको हातको औला बोकेर इन्स्युरेन्सको लागि कहिले अस्पताल त कहिले कम्पनीको अफिसमा धाउन बाध्य भए l आफ्ना औला गुमाउने अवस्थामा पुगेका उनले नेपाली दूतावासमा पनि निवेदन पेश गरेको र दुतावासबाट प्रतिनिधिको रुपमा  प्रथम सचिव भोगेन्द्र लिङदेन सो कम्पनीमा गएर सोधपुछ गरेपछि अटेरी गरिरहेको कम्पनीले प्रक्रिया सुरु गरेको थियो l यसले पराजुलीलाइ ठुलो राहत पाएपनि वैदेशिक रोजगारमा आउदाको सम्झौता गरे अनुसारको पाउनु पर्ने रकम भने आफ्नो कम्पनि र बिमा कम्पनी दुवै बाट नपाएको बताउछन l कम्पनीको तर्फबाट विभिन्नखाले धाक र धम्कि दिएर धेरै दु:ख दिने र पछिल्लो समय कम्पनिबाट टर्मिनेट गर्ने काम भएता पनि न्याय र आफ्नो अधिकारको लागि निरन्तर लडिरहेका पराजुली कम्पनीबाट सानै रकम लिएर भएता पनि अहिले नेपाल पुगेका छन् l

नेपालीहरु हाम्रै देशदेखि पाइला पाइलामा ठगिदै आएको हामी विदेशमा त झनै नठगिने कुरै भएन lयसरी ठगिने मध्य नारायण पराजुली एक परतिनिधि पात्रमात्रै हुन् l बिभिन्न खाले ठगीमा र शोषणमा परेका समस्याहरु सम्बन्धित निकाय देखि लिएर नेतागणहरु समक्ष बेलाबेलामा प्रतक्ष्यरुपमा राखिदै आएता पनि आश्वासन बाहेक अरु सिन्को नाभाचिएको भन्दा दुइमत नहोला l

नेपाल सरकार आज वैदेशिक रोजगारीमा जाने दैनिक तथ्यांकमा अलिकति कमि आए तुरन्त चिन्तित हुने गरेको छ,तर वैदेशिक रोजगारमा जाने कामदारहरुको समस्याहरु चरम शोषण, ठगि एवं कम्पनीको तर्फबाट कार्य क्षेत्रमा भएका लापरबाहीका कारण अपाङ्गता साथै दिनानु दिन मृत्युदर बढिरहेको बारेमा नेपाल सरकार लगाएत सरोकारवालाहरु कसैले पनि ध्यान दिएको छैन l