मोदीलाई जनकपुरमा स्वागत गर्न पाउँदा हामी खुशी भएका छौं : प्रम ओली

वैशाख २८, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रामायण सर्किटको थालनी र जनकपुर–अयोध्या बस सेवा आरम्भ गरेका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा जनकपुर ओर्लिएका एक घण्टा भित्रै आफ्नो पुजा–अर्चना गरी धार्मिकस्थल र जनस्तरमा सम्बन्ध जोड्ने कार्य आरम्भ गरेका हुन् ।

मोदीको नेपाल प्रवेश जनकपुरबाट हुनुलाई धेरैले जहाँबाट सम्बन्ध बिग्रियो त्यहीँबाट शुरु गर्ने उनको प्रयत्न भएको बुझाई राखेका छन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश मुख्यमन्त्री लालबाबु राउत, भारतीय राजदूत मंजिभसिंह पुरी लगायतले विमानको द्वारसम्म नै पुगेर स्वागत गरेका थिए ।
नेपाल र भारतको सम्बन्धमा चार फ्याक्टरहरु– धार्मिक, सांस्कृतिक, जनस्तर र भूराजनीतिक रहेको अवस्थामा उनले धार्मिक र जनस्तर (पिपल–टु–पिपल)बाट सम्बन्ध सुधारको योजना अघि बढाएको देखिन्छ । सर्किटको घोषणा र बससेवा आरम्भ यसकै एक ज्वलन्त उदाहरण हो । उनले यसअघि प्रधानमन्त्री मोदीले मन्दिर परिसरमा सम्बोधन गर्दै आफूलाई दिएको सम्मानको आभार व्यक्त गरेका छन् ।
जनकपुर–अयोध्या सिधा बस सेवा आरम्भ भएकोमा पनि उनले आदार व्यक्त गरे । आर्थिक विकासको लागि सांस्कृतिक सम्बन्धको बारेमा समेत यसलाई मोदीले व्याख्या गरे । प्रधानमन्त्री ओली आफ्नो लागि जनकपुर आएकोमा हृदयपूर्वक अभिनन्दन गरे ।

जनकपुरको जानकी मन्दिरमा दर्शनका लागि आइपुगेका मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उही भेषमा स्वागत गरेका थिए । कूटनीतिमा युनिफर्मको पनि महत्व राख्छ । सायद यही सोचेर प्रधानमन्त्रीले आफ्नो पनि भारतीय प्रधानमन्त्रीले लगाउने तवरकै कुर्ता र पाइजमा लगाएका थिए । अर्को पक्ष ओली मोदीलाई स्वागत गर्न एक घण्टा अघि नै जनकपुर पुगेर पाहुना प्रतिको भाव व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पनि मोदीलाई जनकपुरमा स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका थिए । उनले जनकपुर–आयोध्या बस सेवा र रामायण सर्किटको अवधारणाले धार्मिक पर्यटनलाई टेवा पुग्ने बताए ।
मोदीे नागरिक अभिनन्दन लिन बाह्रा बिगाह पुग्ने कार्यक्रम रहेको छ । जनकपुर उपमहानगरपालिकाबाट नागरिक अभिनन्दन पछि उनले सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रम सकेपछि उनी साढे एकबजे काठमाडौं आउनेछन् । उनलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एअरपोर्टमा स्वागत गर्नेछन् । त्यसपछि होटलमा शिष्टाचार भेट गर्दै औपचारिक कार्यक्रम तालिका हस्तान्तरण गर्नेछन् । हेटलमा केहीबेर आरामपछि काठमडौंमा उनलाई टुँडिखेलमा सम्मान गारथ दिने कार्यक्रम छ । त्यसलगत्तै उनले उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर राजनीतिक छलफल अघि बढाउने छन् ।
उक्त भेटपछि प्रधानमन्त्री स्तरमा दुईपक्षीय छलफल होटल द्वारिकामा हुनेछ । वान–टु–वान छलफल र डेलिगेसन स्तरको छलफलपछि अरुण तेस्रो जलविद्युतको शिलान्यास गर्दै संयुक्त वक्तव्य जारी हुनेछ ।
शनिबार बिहानै मोदी मुक्तिनाथ जाने कार्यक्रम छ । आफू धार्मिक फिरन्ते हुँदा घुमेका र बसेका त्यो क्षेत्रमा उनले पुजा अर्चना गरेपछि साढे दश बजे काठमाडौं फर्कने र पशुपतिमापुजा गरेर राजनीतिक भेटघाट गर्ने छन् । त्यसपछि भारतीय राजदूतावासले दिएको दिवा भोजमा सरिक हुने र काठमाडाैं महानगरपालिकाले उपलब्ध गराउने नागरिक अभिनन्दमा सहभागि हुने कार्यक्रम पनि छ । त्यो सकेर उनी स्वदेश फर्कने छन् ।
उनको यो भ्रमणलाई लिएर साकाजिक संजालमा विरोध पनि चर्को नै रहेको छ । विरोधको अभियान पनि उत्तिकै चलेको छ । विशेषगरी २०७२ असोजमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी प्रति गुनासो गर्दै उनको विरोध गरेका छन् ।चन्द्रशेखर अधिकारीl साभार: कान्तिपुर अनलाइनबाट






Related Posts
  • गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    गायक शिब परियारको स्वर तथा संगितमा रहेको “उनि राम्री“ गितको कभर भिडीयो सार्वजनिक

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस