अबुधबिमा  किरातीहरुले उभौली साकेला/ सालिवा श्याँदर पीदार चाड भव्यताका साथ मनाए

 

परदेशी खबर / ५ अप्रिल l  गत शुक्रबार अप्रिल ४ तारिकमा किरात राई यायोक्खा शाखा युएई,क्षेकास आबुधाबी र सुनवार सेवा समाजको संयुक्त आयोजनामा यु ए इ को अबुधबी शहर स्थित मुसाफा (साकेला)पार्कमा किरातीहरुको महान चाड साकेला उभौली / सालिवा श्याँदर पीदार भव्यताका साथ सम्पन्न भएको छ l

किरात राई यायोक्खा शाखाका अध्यक्ष हर्कजङ किरातीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आदिवाशी जनजाती महाशंघ युएईका सनिल घिसिगं रहेका थिए भने कार्यक्रम संस्थाका उपाध्यक्ष चन्द्रकला साम्पाङ र महासचिव तेज राईले संयुक्तरुपमा संचालन गरेका थिए साथै अतिथिहरुलाई मन्तव्यद्वारा स्वागत कार्यक्रम संयोजक तथा सुनुवार समाजका अध्यक्ष नरबहादुर सुनुवार र किराया क्षेकास आबुधाबीका महिला उपाध्यक्ष सुम्निमा राईले गरेका थिए l कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएत बुद्धिजीवी, समाजसेवी, ब्यबसायी, पत्रकार, कलाकार एवं वरदुबइ सार्जा अल्कोज मुसाफा अलएन लगायत टाढा टाढादेखि किराती तथा गैर किराती नेपालीहरुको उत्साहजनक सहभागिता थियो l

आमन्त्रित अतिथिहरुको आसन ग्रहण र शुभकामना मन्तब्य लगत्तै किराती नक्छु डिके किरातीले किराती मुन्दुम फलाक्दै परम्परा अनुसार अदुवा र चोखो जाड् दप्च्याउदै भुमिपूजा गर्नु भएको थियो भने कार्यक्रममा संस्थामा योगदान पुर्याएका ब्यक्तित्वोहरुलाई कदर गर्दै फेटा ओढाएर सम्मान गरेका थिए l सोहि अवसरमा संस्थामा आवद्ध सदस्यहरुलाई आजिवन सदस्यता पत्र वितरण गरिएको थियो l

किराती भेषभुषामा सजिएर ढोल झ्याम्टाका साथ सहभागिता जनाएका युवा युवतीहरुले आफ्नो मौलिक नृत्य साकेला सिली बडो तामझामका साथ नाच्दा माहोल मनोरंजनमय बनेको थियो l

किरातीहरुको मुख्यतः बर्षमा २ वटा चाड उभौली र उधौली मनाउने गर्दछन जुन उभौली बैशाखे पुर्निमामा पर्छ भने उधौली चाड मंसिरे पुर्णिमा देखि सुरु हुने गर्दछ l  वैशाख शुक्ल पुर्णिमाको दिन देखि सुरु हुने किराती समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य चाड हो र उभौली तथा उधौली चाड धुमधाम संग मनाउँने गर्दछन |उभौलीमा वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस्, राम्रो दाना लागोस् र खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मनाउने गरिएको पाइन्छ। प्रकृति, पितृ र भूमीको पूजा गरिन्छ। उभौली साकेला चाडमा किरातीहरु आफ्नो जातीय पहिरनमा सजिएर गोलो घेरामा रही हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चमर र सिन्कौली सेउली लिएर गोलाकार घेरामा रहेर नाचिने रमाइलो साकेला नाचमा अहिले सबै जातीका युवायुवतीको सहभागिता बढ्दो छ ।

 

बालकेदखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला/ साकेन्वा नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको पाइन्छ। हात-खुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव-जनावरको कृयाकलाप नक्कलको अनुसरण गरी ढोल-झ्याम्टाको तालमा नाचिने सामूहिक नृत्य नै साकेला / साकेन्वा सिली हो । किरात राईहरूले सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।

 






Related Posts
  • तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस