आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

अन्तराष्ट्रिय श्रमिक दिवस र श्रमिकको अवस्था

परदेशी खबर १८ बैशाख २०७५, मंगलवार ०४:३० मा प्रकाशित ( ५ साल अघि) २२८ पाठक संख्या

 आज मे १ तारिक नेपाल लगाएत संसारभरी १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस प्रत्येक अंग्रेजी महिनाको मे १ का दिन मनाउने गरिन्छ ।

नेपालको सन्दर्भमा भने २००३ सालमा रघुपति जुट मिलमा पहिलो पटक मजदुर आन्दोलन सुरु भएको थियो l नेपालमा मजदुरको आन्दोलन त्यति लामो इतिहास नभएता पनि देशमा चल्ने गरेको राजनैतिक अन्दोलान्हारुमा महत्वपुर्ण भूमिका निभाउदै आएको र विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा मे १ को बारेमा राजनीतिक अधिकार प्राप्त भएता पनि कार्यान्वयन नभएकोले प्राय: मजदुरहरुले आफ्नै जीवनमा भने परिवर्तनको अनुभूति गर्न अहिले सम्म पाएका छैनन् भन्दा दुइमत नहोला l

काठमाडौँ भ्यालीदेखि लिएर विभिन्न स्थानमा आजको दिन विभिन्न ट्रेड युनियनहरुले मजदुरका हितका लागि विविध कार्यक्रमहरु गर्दै गरेको भएता पनि कतिपय मजदुरहरुलाई आज मजदुर दिवस हो भनेर थाहा पत्तो नै छैन भने कतिपयलाइ दैनिकी हातमुख जोड्ने र जिउने आधार जस्ता बाध्यताले यस्ता कार्यक्रमले छुन सकेको छैनl

नेपालमा सरकारले बारम्बार मजदुरहरूको न्युनत्तम तलब र ज्याला निर्धारण गर्ने गरेको र २०७२ माघ १८ गते देखि मजदुरहरूको न्यूनत्तम पारिश्रमिक रु. ९७१० महँगी भत्तासमेत तोकेको भएतापनि महँगी अनुसार पुग्दो छैन । नेपालमै मजदुरहरुका हकमा सरकारले न्यूनत्तम पारिश्रमक निर्धारण गरेर मजदुरलाई दोस्रो दर्जाको स्तरमा राख्न खोजेको पाइन्छ भने विदेशमा पसिना बेच्न गएका मजदुरहरुको अवस्था त झनै दर्दनाक छ l

आफ्नै देशमा रोजगारको अवसर प्रचुर भएता पनि वाताबरण र प्रोत्साहन दिनु को सट्टा सरकारले लाखौं दक्ष युवायुवतीलाई वैदेशिक रोजगारीको नाममा ११२ देशमा बहुराष्ट्रिय कम्पनीहरूको लागि सस्तो ज्यामी बन्न पठाइरहेको छ। बिशेष गरेर घरेलु कामदारको हकमा कुवेत लगाएत खाडीमुलुकमा गएका हजारौं नेपाली महिलाहरूको अस्मिता लुटिएको छ भने कतिपय महिलाहरूले शारीरिक यातना भोगिरहेका र केहिले ज्यान गुमाएका तितो यथार्थ हामी सबै सामु छ l

कम्पनीकै मातहतमा रहेका मजदुरहरुको पनि समस्या घरेलु कामदारको भन्दा कम छैन l साहुको चर्को ब्याज काढी म्यानपावरमा बुझाएर आएका श्रमिकहरु एक हिसाबले कम्पनीमा दासी जीवन गुजार्न बाध्य छन् l कम्पनीको तर्फबाट कामदारहरुलाइ सेवा सुविधाहरु एकदमै तल्लोस्तरको उपलब्ध गराएर मानवताको धज्जी उडाएका छन l कतिले यस्ता परिस्थितिको सामना गर्न नसकेर मानसिक सन्तुलन गुमाउनु पुगेका छन् भने कतिपयले आत्महत्याको बाटो रोज्दै आएका छन् l वैदेशिक रोजगारीमा आएका श्रमिकहरुको आत्महत्या लगाएत विभिन्न कारणले मृत्यु दर बढेकोले आज भोलि नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दैनिक बाकसमा बन्द लासहरुको पर्खाइमा बसेका परिवारहरुका ति दर्दनाक चिच्याहट पनि सामान्य भएको अनुभूति हुदै आएको छ l

कम्पनिहरुले नेपाल सरकारबाट राम्रै सेवा सुविधामा अनुमति पत्र लिएता पनि कम्पनी र म्यानपावरले आफ्नै हिसाबले अति न्यूनतम सेवा सुविधामा प्राय कामदारहरुलाई सम्झौतमा हस्तक्षर गराउदै आएका छन् l जसले गर्दा कामदारहरु चरम शोषणमा परेका छन् l कामदारको यस्ताखाले शोषण मुक्त गर्न सरकारको ध्यानमा नआउनु दुखद पक्ष हो l यस बिषयमा नेपाली राजदुतावासले शोषणमा परेका कामदारहरुसंग बुझेर कम्पनि र म्यानपावरलाइ कारबाही गर्नु पर्छ भन्ने जोडदाररुपमा माग गर्दछ l

हुन त राजनेताहरुले बारम्बार भन्ने गरेका छन् कि स्वदेशमै रोजगार दिने भनेर त्येसैले आफ्नै देशमा रोजगारी दिने सरकार कहिले आउने नेपाली युवाहरू आज पनि प्रतिक्षामा छन् l

नैनकला राई