आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

काबुलमा आत्मघाती आक्रमण, ९ जना पत्रकारसहित कम्तीमा २५ जनाको ज्यान गयो

परदेशी खबर १७ बैशाख २०७५, सोमबार १५:१८ मा प्रकाशित ( ५ साल अघि) १२७ पाठक संख्या

वैशाख १७ – काबुलमा भएको आत्मघाती आक्रमणमा ९ पत्रकारसहित २५ जनाको ज्यान गएको छ ।

आक्रमणको जिम्मा इस्लामि स्टेट ग्रुप आईएसआईएसले लिएको अलजजिराले जनाएको छ । आक्रमणकारीले पहिलो आक्रमण अफगान इन्टिलिजेन्स एजेन्सी र त्यहाँको राष्ट्रिय सुरक्षा परिषदलाई लक्षित गरी पहिलो आत्मघाती आक्रमण गरेका र २० मिनेट पछि आक्रमणकारीले आकस्मिक उद्धारकर्ता तथा पत्रकारहरुलाई लक्षित गरी आक्रमण गरेको अलजजिराले जनाएको छ ।
अलजजिराले अफगान स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै आक्रमणका २५ जनाको ज्यान गएको र ४५ जना घाइते भएको उल्लेख गरेको छ ।साभार: उज्यालो अनलाइनबाट