श्रम स्विकिर्ती रोकेपछी झन अवैधानिक बाटोबाट खाडीमा आउन वाध्य नेपाली महिला कामदार

आकाश शेर्पा/अप्रिल २०,

घरेलु कामदारको रुपमा खाडी मुलुकमा आउने महिलाहरुको लागि नेपाल सरकारले श्रम स्विकिर्ती बन्द गरेपछी झन नेपाली महिला कामदारहरु विभिन्न बाटो हुँदै अवैधानिक रुपमा आउन वाध्य भएको छ् |

कमाइ र ठाउँ राम्रो भएका घरमा काम गरिरहेका महिला कामदारहरु छुट्टि जाँदा पनि भारतको बाटो हुँदै अवैध रुपमा आउन वाध्य रहेको बताउछन | विगत लामो समय देखी कुवेतमा घरेलु काममा काम गर्ने सिन्धुपाल्चोकका माया तमाङ (नाम परिवर्तन ) तीन महिना छुट्टीमा नेपाल गएर फेरी कुवेत आउन नेपालको विमानस्थल प्रयोग गरेर आउन नपाएको कारण दिल्लिबाट सेटिङ मिलाएर डेड लाख सम्म खर्च गरेर आउन बाध्य भएको बताउछिन | श्रीमानको कमाइले परिवार पाल्न धौधौ परेपछी करीब ६ वर्ष अगाडि कुवेत आईपुगेकी तमाङ बिगतमा प्रत्येक वर्ष छुट्टीमा गएर परिवारलाई भेट गरेर आउने गरेको र गएको साल पनि एम्बेस्सी बाट पेपर लिएर नेपालबाट नै आउन पाएँ यो साल पनि आउन पाउने आशा बोकेर नेपाल गएकी थिएँ, तर नेपाल बाट आउन नपाउदा दु:ख लागेको कुराकानीको क्रममा बताईन् |उनले थपिन नेपालमानै बसेर के गर्नु छोरा छोरी भर्खरै ९ दशमा पुगेको छ् उनिहरुको पढाई पुरा गरीदिनु पर्नेछ् | नेपालमा बसेर के गर्नु कमाई छैन कमसेकम यहाँ आयो भने ४०/ ५० हजार कमाउछु यतिले छोराछोरी पढाउन र् परिवार गुजारा गर्न पुगेको छ | नपढेको कारण यसरी अर्काको देशमा अर्काको घरमा काम गर्नु पर्छ छोराछोरिलाई पढाएर केही राम्रो होस् भन्ने आशले विदेश आएको छु बेलाबेला छुट्टी जाँदा पनि सरकारले आउन दिदैन बरु दु:ख दिएर अवैध भएर आउनु पर्ने गुनासो पोख्छिन |

करीब दशक अगाडि देखी नै घरेलु कामदारको रुपमा कुवेत अाईपुगेकी रमा भुजेल (नाम परिवर्तन) काम गर्न ठाउँ र कमाई राम्रो भएको कारण हरेक वर्ष नेपाल गएर आउने गरेकोमा यो साल जान नपाएकोमा चिन्तित छिन्| परिवारको सदस्य बिरामी हुँदा पनि गएर आउन नपाउने छाडेर जाउ भने भर्खरै ऋण गरेर घर बनाएको कारण तत्काल छाडेर जाने स्तिथीमा नभएकोले छुट्टी जान चाहेको तर नेपालबाट आउन नपाउने भएपछी जान नसकेको बताउछिन। “धेरैको नराम्रो छ् भन्छन तर कसैको घरमा राम्रो हुने कतिले यहाँको कमाइले घर बारी जोडेका छन सबै नराम्रो त् छैन नि किन हामीलाई रोकेको होला ?” उनी आक्रोशित मुद्रामा आफ्नो कुरा राख्छिन ।

यस्तै केही समय अगाडि मात्रै आमाको देहन्त भएको बेला नेपाल गएर भारतको बाटो हुँदै आएकी दाङका गोमा छेत्रीको पनि पिडा उस्तै छ् | नेपालबाट सुरुमा आउँदा श्रम गरेर आएपनि हाल बिना श्रम अवैध रुपमा भारतको बाटो हुँदै आएको उनी जानकार छन | श्रीमानले अर्की बिहे गरीपछी दुई छोराहरुको लालनपोषनको लागि परदेश हानिएर घरेलु कामदारको रुपमा लगभग सात वर्षदेखी कुवेतमा रहेका उनी पनि एजेन्ट मार्फत भारतको बाटो हुँदै कुवेत आएका हुन । पहिलो पल्ट आएको घरमा दुई वर्ष काम गरेपछी बाहिर कपिल खोजेर भिसा लगाउने कुवेतिबाट भिसा लगाएर अन्त काम गरेर राम्रो आम्दनी गरिरहेका उनी कमाईबाट बाट सन्तुष्ट भएपनि सरकारबाट नै अवैधानिक भएको प्रती दुखेसो पोख्छिन ।

यि त साना उदाहरणको रुपमा मात्रै प्रस्तुत भएका पात्रहरु हुन यस्ता पात्रहरु अझ धेरै मात्रमा लुकेर रहेको छ् | पुराना बिदामा घर फर्केर आउनेहरु मात्रै हैन नयाँ आउने हरुपनि नेपाल देखी आउँदानै अवैधानिकरुपमा नेपाल सरकारबाट नै अवैध भएर आएका हुन्छन। यसरी आउने प्राय नेपाली महिलाहरु बाध्यताले आउने गरेको बताउछन। धेरै दिदिबहिनीहरुले दु:ख पाएको कारण नेपाल सरकारले आउन बन्द गरेको अवस्थामा “किन यसरी अवैध तरिकाले आएको नि?” भन्ने प्रश्नमा सबैले कहाँ दु:ख पाएको छ र? हो दु:ख पाउने र समस्यामा उद्धार गर्नु र दु:ख दिने र पैसा लिएर बिच्ने सम्बन्धित एजेन्टलाई कारबाही गर्नु पर्ने तर हामी जस्ता काम गरेर कमाइ गर्नेहारुको लागि पनि सरकारअले सोच्नु पर्ने बताउछन ।

नेपाल बाट आउँदा बन्द गरेको भन्छन तर विभिन्न बाटो हुँदै निरन्तर रुपमा घरेलु काममा महिलाहरु कुवेत अरहेका छन् ।

नेपालबाट बन्द भए पनि सम्बन्धित देशबाट भिसा प्राप्त हुने गरेको कारण नेपाली महिला झन जोखिम मोलेर भएपनि खाडीमा अाईरहेको छ्न । नेपालमा ब्यप्त बेरोजगार,पारिवारिक समस्या,आर्थिक भार र आर्थिक कमजोरीका कारण पनि वैदेशिक रोजगारमा जानु पर्ने बाध्यतामा रहेकोले अवैधनिक बाटो प्रयोग गरिरहेका छन। जसको विभिन्न दुर्घटना परेमा वैदेशिक रोजगार विभाग र सरकारबाट पाउने सुविधाबाट पनि बञ्चित छन् । सरकारले यस बिषयमा बेलैमा ध्यान दिएन भने र श्रम स्विकिर्ती बन्द गरेर मात्रै समस्याको समाधान हुने देखिदैन । केही समय अगाडि मात्रै फिलिफिन्सको राष्ट्रपतिले लिएको अडान जस्तै घरेलु महिला कामदारको निम्ती साप्ताहिक बिदा दिने एउटा मोबाइल चलाऊन दिने अनि पास्पोर्ट स्वयं कामदारले राख्न पाउने अनि हरेक कामदारको दुतावासमा संपर्क हुने गरी नेपाल सरकारले पनि त्यो कदम चालेमा केही हदसम्म नेपाली महिला कामदारको सुरक्षा अनुभुती होला । दोस्रो कुरा सम्बन्धित देशलाई पत्रचार गरेर नेपाली नागरिकको लागि घरेलु कामदारको लागि भिसा नदिन आग्रह गर्न सकेमा मात्र नेपाल बाट बन्द गरेको कारणले नेपाली घरेलु महिला अवैधानिक रुपमा आउन बन्द होला ।






Related Posts
  • एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा
  • कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने
  • साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’
  • १७औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनलका खेलहरु सम्पन्न (फाेटाे फिचरसहित)
  • पछिल्ला सम्प्रेसणहरु

    एक घरेलु कामदार महिलाको पेटमा भएको बच्चा नजन्मिदै भागबण्डा

    जापानले नेपाली कामदार अप्रिल १ बाट लाने विषयमा सोमबार समझदारी हुने

    कुवेतमा तिन किराती संस्थाले संयुक्तरुपमा साकेला उभौली चाड मनाउने

    बिजनेष

    श्रम शोषण अन्त गर्न १२ देश सहमत

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस