आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्यो 

परदेशी खबर २० चैत्र २०७४, मंगलवार ०३:५६ मा प्रकाशित ( ६ साल अघि) ३६३ पाठक संख्या

रासस

चैत २०, काठमाडौं l  नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबारदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ कायम भएको छ ।

निगमले पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गर्दै आएको उज्यालो अनलाइनमा समाचार प्रकाशित छ l