आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

कुवेत सरकारले आप्रवासी कामदारमाथि थप्यो आर्थिक भार,सुरु हुने भयो रेमिट्यान्स कर

परदेशी खबर १९ चैत्र २०७४, सोमबार २०:०२ मा प्रकाशित ( ६ साल अघि) ४२५ पाठक संख्या

परदेशी खबर अप्रिल २, कुवेत । खाडी मुलुकमा काम गर्ने कामदारहरुको लागि दिनानुदिन आर्थिक भार थपिने क्रममा रेमिट्यान्स कर पनि तिर्नु पर्ने नियम लागु हुने भएको खबर कुवेतको राष्ट्रीय अनलाइन मिडिया कुवेत टाइम्समा आज सम्प्रेषण भएको छ । यस अघि नै कतार ,साउदी अरब र सयुक्त राज्य इमिरेस्ट लगायतका देश पछि खाडी मुलुक कुवेतमा पनि रेमिट्यान्स कर तिर्नु पर्ने भएको छ ।

कुवेतको राष्ट्रिय पत्रिका अरब टाइम्समा छापिएको समाचार अनुसार यो नियम लागुभएपछि ९९ दिनारसम्म तलब हुनेले एक प्रतिशत कर तिर्नुपर्ने छ र एक सयदेखि दुई सय दिनार तलब हुनेले दुई प्रतिशत, तीन सयदेखि चार सय ९९ दिनार तलब हुनेले तीन प्रतिशत र पाँच सय दिनार भन्दा माथि तलब हुनेले पाँच प्रतिशत कर बुझाउन पर्नेछ । रेमिट्यान्स करबाट प्रत्येक वर्ष १९ विलियन कुवेती दिनार संकलन गर्ने लक्ष्य कुवेत सरकारको रहेकोले माथिल्लो सदनको संसदबाट यो नियम लागु गर्ने निर्णय गरिएको स्थानिय समाचारमा उल्लेख गरिएको छ ।

नेपाली कामदारहरु झन् मार खेप्दै

नेपालबाट म्यानपावर मार्फत मोटो रकम तिरेर आउने नेपाली कामदारहरु धेरै मारमा पर्ने देखिन्छ । थोरै तलब सुबिधा अनि महंगीको कारण तथा हाल कुवेत सरकारले भिसा,मेडिकल लगायत हरेक क्षेत्रमा शुल्क बढाएको कारण धेरै जसो कम्पनीहरुले कामदारसँग रकम लिएर मात्रै भिसा लगाउने गर्ने गरेको कामदारहरु बताउछन । नेपाल् सरकार र कुवेत सरकार बीच श्रम सम्झौता नहुदा भने जस्तो तलब सुबिधा नेपाली कामदारले उपभोग गर्न पाएको छैन ।
दुइ देश बिच श्रम सम्झौता बेगरनै हाल कुवेतमा ६० हज़ार भन्दा माथिको हाराहारिमा नेपाली कामदारहरु रहेको तथ्यांक छ जुन छिटपुट ब्याबसायिकहरु लगायत कम्पनि र घरेलु कामदारमा कार्यरत छन् जस् मध्य ठुलो संख्यामा घरेलु कामदारको रुपमा रहेको अनुमान छ ।.