रेशम तिमी नेपालको नेलसन मण्डेला हौ: हरि घर्तिमगरको खुला पत्र

हरि घर्तिमगर

 

प्रिय मित्र रेशम,
मुक्तिकामी सलाम!
सर्वप्रथम, तपाईको बन्दी जीवन सुस्वास्थ्य रहोस् भन्ने कामना गर्दछु ।
मित्र ! झ्वाट्ट हेर्दा विभिन्न यातना सहितको तपाइको बन्दी जीवनले हामी लाखौँ लाख जातीय अन्याय-अत्याचार विरोधी समग्र पहिचान र समानताका पक्षधरहरू बीचमा छटपटी एवं पिडाको अनुभूति दिएको छ । बस्तुत: तपाइलाई यो ‘नेपालको नेल्शन मण्डेला’ बन्ने,ऐतिहासिक एवं गौरवमय अवसर प्राप्त भएकोमा हार्दिक बधाई दिन चाहन्छु ।
मित्र ज! कुनै दिनमा दक्षिण अफ्रिकामा काल जाति सडकमा छाती खोलेर हिँड्यो भने त्यही कसुरमा जेल जानू पर्थ्यो रे…! ठीक त्यसैगरी तपाईंले पनि नेपाली सडकमा म नेपालको आदिवासी जनजाति हु भनेर छाती खोलेर सडकमा हिँडेको,मञ्चमा उभिएर भाषण ठोकेको एवं पहिचान र अधिकार प्राप्तिको महान-पथमा अग्र मोर्चामा खटिएर गल्ती गरेको अभियोगमा नश्लवादी राज्य सत्ताले पूर्वाग्रही बनी टिकापुर हत्याकाण्डको झूटो ज्यानमुद्दाको अभियोग सृजना गरेर तपाइलाई जेल,नेल र हतकडीमा राखेको प्रस्टै छ ।
मित्र, तत्कालीन टिकापुर घटनामा तपाई बेकशूर हुनुहुन्छ भनेर सम्बन्धित आजसम्मका सम्पूर्ण प्राप्त साक्षी प्रमाणले बताई रहेको छ, मानसिक सन्तुलन ठीक भएको जोकोही लाई पनि थाहा भएकै कुरा हो बच्चाबच्ची समेतले बुझी सके मात्र पहिचान र अधिकार मुखी आन्दोलनलाई तहसनहस पार्न कै निम्ति पूर्वाग्रह साधेर तपाइलाई फसाउन खोजिँदै छ । त्यसैले त, नश्लवादी जाली पटाहा राज्य सत्ताले तर्क र तथ्यभन्दा बाहिर गएर जबरजस्ती उक्त झूटो मुद्दामा रेशम चौधरी नै दोषी हो भन्ने,प्रमाणित गर्न ज्यानै फालेर लागेको देखिन्छ ।
बस्तुत: तपाइको लोकप्रियता निरङ्कुश राज्य सत्तालाई पटक्ककै मन परेको थिएन र छैन । यो लाखौँ नेपाली जनताले राम्रै सङ्ग बुझेका छन् ।
मित्र, इतिहासले तपाइलाई सबै किसिमका विभेद एवं उत्पीडन विरुद्ध प्रमुख नेतृत्वदायी भूमिका निर्वाह गर्न जुन जिम्मेवारी सुम्पेको छ यसलाई मैले ‘नेपालको नेल्शन मण्डेला’ को भूमिकाको नाम दिएको छु । मलाई पूर्ण विश्वास छ कि तपाईंले यो जिम्मेवारी तार्किकविन्दूमा अवश्य पुर्याउनु हुनेछ । यो त केवल समयको ढिलो चाँडो मात्र हो । बाहुन जातिवाद शासकको नेल हतकडी सहितको जेलको पर्खालले, तपाइको भौतिक शरीरलाई बन्दी बनाउन सक्ला, दु: ख,पीडा र यातना दिन सक्ला तर तपाइको आट, साहस, हिम्मत एवं महान मुक्तिकामी अर्जुनदृष्टी विचारलाई अवश्य रोक्न र छेक्न सक्ने छैन ।
मित्र,आज नश्लवादी शासकहरूले तपाइलाई टिकपुरका चालीस हजार जनताको निर्वाचित जनप्रतिनिधि एवं उत्पीडित जाती समुदायको लोकप्रिय नेता मान्न तैयार नभएपनि, भोलि तपाइको महान राष्ट्र हितका निम्ति गरिएको उत्सर्ग एवं त्याग बच्चाबच्चीको मानस पटलमा गुन्जिने छ । शिलालेख बनेर भित्तामा लेखिने छन् । एक दिन न एक दिन नश्लवादी राज्य सत्ताको माकुरे जालो अवश्य च्यातिने छ । त्यो समयमा यिनिहरू न्यायको कठघरामा उभिन बाध्य हुन पर्नेछन ।
रिस र पूर्वाग्रही भएर आफ्नो विचार विरुद्ध विचार राख्यो भन्न साथ तपाइलाई आफूले गर्दै नगरेको अभियोग लगाउनु भनेको कथित शासकहरू पूर्वरूपमा पराजित मानसिकतामा छन् भन्ने बुझ्न कुनै कठिन छैन त्यस्तो कथित आरोप प्रत्यारोप जसले जहाँ जोसुकैलाई लगाउन सक्छ ।

मित्र, तपाइलाई थाहै छ,दक्षिण अफ्रिकामा हाम्रै जस्तै जातीय उत्पीडन एवं रंगभेदी विरोधी आन्दोलन संघर्षको क्रममा महान नेता नेल्शन मण्डेलाले २७ वर्ष जेल जीवन बिताउनु परेको थियो, तपाई पनि ठ्याक्कै त्यस्तै मुद्दाको नेतृत्व गरेकोले, बाहुनवादी राज्य सत्ताको एकाधिकार हैकम भएको हाम्रो जस्तो मुलुकमा, तपाई माथि जेल, नेल र हत्कडी पर्नु कुनै आश्चर्य होइन। त्यसैले तपाइलाई हामी राजपाको नेताको रूपमा पटक्कै हेरेको र बुझेका छैनौ । किनभने तपाई राजपा पार्टीको आन्दोलनको क्रममा नभएर पहिचान, समाजी न्याय र त्यसको नेतृत्वदायी भूमिकाको कारण फसाउन खोजिएको हो भन्ने सवाललाई जो कोहिले पनि बुझेको छ । त्यति मात्र हैन एक दिन यो नश्लवादी राज्य सत्ताले यस्तै-यस्तै झूटामुद्दा तैयार गरेर हामीलाई पनि तपाइलाई जस्तै फसाउन अवश्य सक्छ । तथापि, म स्वयंलाई यस्तो ऐतिहासिक अवसर प्राप्त भएमा भने, म खुसी खुसीसाथ ग्रहण गर्ने छु भनेर यही पत्र मार्फत तपाई लगायत लाखौँ सामाजिक न्याय र पहिचानबादी योद्धा मित्रहरूसङ्ग प्रतिबद्धता जाहेर गर्दछु ।
अन्त्यमा, तपाईंले देखाउनु भएको मार्ग पहिचान, सामाजिक न्याय र समानताको जित सुनिश्चित छ । मात्र केही समय थप अरू लाग्ला
आफ्नो ख्याल राख्नुहोला!
तपाइको शुभेच्छुक
हरि घर्तिमगर
युएई
२ अप्रिल २०१८






Related Posts
  • कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस