लुम्बिनी समाज कुवेतको पाँचौं वार्षिकोत्सब कार्यक्रममा राजदूत दम्पती अभिनन्दित

 

परदेशी खबर /मार्च २३ कुवेत । लुम्बिनी समाज नेपाल -कुवेतले आफ्नो पाँचौ वार्षिकोत्सवलाई २३ मार्च २०१८ शुक्रबारका दिन एक विशेष कार्यक्रमको आयोजना गरी भब्यताका साथ मनाएको छ् ।

अशोक वस्तिले स्वागत मन्तव्य दिएर सबैलाई स्वागत गरी कार्यक्रमलाई सुरु गरिएको थियो भने समाजका अध्यक्ष रुपेन्द्र हमालको सभापतित्वमा तथा प्रमुख अतिथी कुवेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमाल,विशेष अतिथी रिता हमाल रहेको थियो । पत्रकार नवराज पन्थीद्वारा कार्यक्रमको सहजीकरण गरेको हो । पानासमा बत्ती बाली पाँचौ वार्षिकोत्सवको केक काटी २०७५ सालको भित्तेपात्रो सार्वजनिक गर्दै कार्यक्रमको उद्घाटन गरी औपाचारीक सुरु गरिएको थियो । साथमा लुम्बिनी समाज नेपालले संचालनमा ल्याएको न्युजलुम्बिनी डट्कमलाई पनि सोहि कार्यक्रममा औपाचारिक रुपमा उद्घाटन गरि सार्वाजिक गरिएको छ साथै न्युजलुम्बिनीको बारेमा पत्रकार राज मल्लले जानकारी दिएको थियो ।

मार्च २३ तारिख शुक्रबारका दिन कुवेतको फार्वानिया स्थित अल हैताम रेस्टुरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रममा समाजको पाँचौ वर्षमा प्रधान गरिने “लुम्बिनी अभिनन्दन २०१८” बाट कुवेतका लागि नेपाली राजदुत दम्पतीद्वय यज्ञ बहादुर हमाल र श्रीमती रिता हमाललाई दोसाल्ला ओढाएर कदर-पत्र सहित लुम्बिनी अभिनन्दनद्वारा सम्म्मान गरिएको छ् । साथै रोजगारीको लागि कुवेतमा लामो समयदेखि रहेर कलाकारीता गर्दै कला संस्कृतिलाई योगदान पुर्‍याईरहेका रहेका गायक बिबी मल्ल, डिबी लोप्चन र माधव शर्मालाई विशेष सम्म्मान गरिएका छन ।

 

कार्यक्रममा मध्यपश्चिम तिर प्रचालित मगर समुदायको सोरठी नृत्य प्रस्तुतीको साथ् अनिशा लोप्चानको नृत्यको साथमा कलाकार बीबी मल्ल,डीबी लोप्चन र माधाव शर्माको गित प्रस्तुतिले उपस्थित सबैलाई मनोरंजन दिएको थियो । पाँचौ वार्षिकोत्सवलाई शुभकामना मन्तव्य दिदै समाजले गरेको कामको प्रससा गर्दै सामाजिक कार्यका पुर्र्याउदै आएको योगदानहरु सह्रानीय भएको बताउदै आउने दिनमा पनि अझ सफलताको शुभकामना दिनुभएको छ । शुभकामना मन्तव्य दिनु हुने महामहीम राजदुत यज्ञबहादुर हमाल, श्रीमती रिता हमाल , भोजपुर सेवा समाजका अध्यक्ष तथा पत्रकार कोषराज राई तमु समाजका अध्यक्ष खोप गुरुङ लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

 

“सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” मुल नारा लिएर सन २०१३ मा स्थापना भएको समाजले विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्धार गरेर नेपाल फर्काउन पहल गर्नुका साथै आर्थिक सहयोग पनि गर्दै आईरहेको छ् । विदेशमा मात्रै आफ्नो सामाजिक काममा नरहेर नेपालमा विभिन्न समयमा आउने प्राकृतिक बिपत्तिमा परेका हरुलाई पनि सहयोग गर्दै आईरहेको समाजले विकटमा ठाउका गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई लुम्बिनी सेवा समाज छात्रब्रिद्दि कोष अन्तरगत छात्रव्रिद्दी सहयोग पनि गरिरहेको छ् । साथै केहि समय अगाडी कुवेतको जहारा अस्पातालमा उपचाररत तारा थापालाई उपाचार र सफल उद्वार गरि नेपाल पठाउन सफल समाज हाल कुवेतकै फार्वानिया अस्पातलमा अचेत अवस्थामा उपाचार गराईरहेका भागिरत चापागाइको नेपाल फिर्तीको पहलमा रहेको छ ।






Related Posts
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • एनआरएनए हङकङको अधिवेशनको लागि अध्यक्ष पदमा निरन्जन गुरुङको उम्मेदवारी
  • पछिल्ला सम्प्रेसणहरु

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस