मुख्य सचिवको घरमा सिपाहीले लुगा धुन्छ

newsabhiyan

मार्च २०, काठमाडौं, । मुख्यसचिव लोकदर्शन रेग्मीलाई राज्यले १४ सशस्त्र सुरक्षाकर्मी किन दिइरहेको छ ?

मुख्यमन्त्रीले समेत नपाउने सुरक्षा घेरामा मुख्य सचिव बस्नुपर्ने र राज्यले उनलाई यति ठूलो सुरक्षामा राख्नुपर्ने कारण चाहिं प्रधानमन्त्रीले समेत सुने, तर केही सोधेनन् ? किन होला ?

यतिबेला मुख्यसचिवको घरमा सिपाहीको ताँती लागेको छ र ती सिपाहीलाई घरको कामधन्दासमेत लगाउने र लुगा धुनसमेत लगाएका खबर सुराकीले पत्ता लगाएको छ ।

र, प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शनसँग सिधै कुरा गर्न छाडेकाले उनले ओलीका सालामार्फत आफ्नो लिंक स्थापित गर्न प्रयास गरेका छन् र अब सम्बन्ध सामान्य हुने विश्वास गरेका छन् ।

तर प्रधानमन्त्री आफू अन्तर्गत शक्तिशाली मन्त्री नियुक्त गरेर मुख्यसचिवलाई पेण्डुलम बनाउने तथा अर्कै सचिवमार्फत काम गर्ने गराउन विचार गरिरहेको एक ओली सूत्रले बताएका छन् ।

प्रधानमन्त्री सशस्त्र, नेपाल प्रहरीका आइजीपी र मुख्यसचिवबारे किचेन क्याविनेटमा छलफल गर्न थालेको खबरले तरङ्ग उत्पन्न गराएको छ ।-न्यूजअभियान बाट






Related Posts
  • पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते
  • खुल्यो छोटो दूरीको सार्वजनिक यातायात
  • नेपालमा भारतीय न्युज च्यानलहरू बन्द
  • मोरङका एक नेपालीको कोरियामा सुतेकै अवस्थामा मृत भेटिए
  • पछिल्ला सम्प्रेसणहरु

    तमु धीं युकेद्वारा जिफान र तमु कलाकार संघ गण्डकीलाई २ लाख ५० हजार रकम सहयोग

    कुवेतमा कोरोना संक्रमनबाट ५३ हजार ५८० सङ्क्रमित, ७४० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    थप ११८जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस