आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

सुगतरत्न सन्किदा नेपाल एयर ग्राउण्डेड !

परदेशी खबर ६ चैत्र २०७४, मंगलवार २०:०९ मा प्रकाशित ( ६ साल अघि) १६४ पाठक संख्या

newsabhiyan

मार्च २० , काठमाडौं । नेपाल एयरलाइन्सका जहाजहरु पाइलट व्यवस्थापन नभएर ग्राउण्डेड हुन थालेका छन् ।

पाइलट अवालेलाई सुन, डलर तस्करीमा लगाएर संरक्षण गर्ने कार्यकारी सुगतरत्न कंसाकारले जहाज आलुप्याज किने जसरी किन्न पाउनुपर्छ भन्ने धक्कु लगाउँथे, उनैले पाइलटको व्यवस्थापन मिलाउन सकेनन् र नेपाल एयर ग्राउण्डेड भएर घाटामा जान थालेको छ ।

चीनबाट आएका चार वटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका छन्, पाइलटको जोहो नभएर निगम आर्थिक भारमा परेको हो ।

निगम भन्छ विमान सञ्चालनका लागि हामीले पाइलको व्यवस्था गर्दैछौं स्वदेशी तथा विदेशी पाटलट नियुक्ति गरेर चाँडै विमान सञ्चालनमा ल्याउछौं तर चीनबाट ल्याउने पाइलटले बढी पैसा मागेपछि निगमले निर्णय गर्न नसकेको हो ।

अहिले चार चिनियाँ जहाजका लागि एकमात्र पाइलट छन् । निगमले ४३ पाइलट माग गरेकोमा निगमको जागिर खान पाइलटहरुले चासो देखाएका छैनन् ।

पाइलटको जोहो गर्न छाडेर कार्यकारी सुगतरत्न कंसाकार पर्यटन मन्त्रीको वरिपरि घुमिरहेका देखिन्छन् । यी कार्यकारीको ध्यान मात्र कमिशनमा हुँदा निगमको ओरालो यात्रा सुरु भएको हो ।

-न्यूजअभियान