आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

क्रिकेटर घर फर्किँदा क्यानविरुद्ध विमानस्थलमा नाराबाजी

परदेशी खबर ५ चैत्र २०७४, सोमबार १८:५४ मा प्रकाशित ( ६ साल अघि) १७३ पाठक संख्या

 

मार्च १९ ,काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेर नेपाली क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किँदा क्रिकेट प्रेमी एकातिर खुसी थिए भने अर्कातिर नेपालको खेल क्षेत्रको बेथितिविरुद्ध उत्तिकै आक्रोश पनि ।

नेपाली क्रिकेट खेलाडीहरुले देशमा पूर्वाधार अभाव र आधारभूत सुविधाको अभावमा पनि आफ्नो क्षमता देखाएर वान डे इन्टरनेशनलसम्मको मान्यता पाइरहँदा नेपाल क्रिकेट संघ (क्यान) र उसको लापरबाही र गैह्रजिमम्मेवारपूर्ण व्यवहारविरुद्ध विमानस्थलमै नाराबाजी भएको हो ।

विमानस्थलमा राष्ट्रिय झण्डासहित पुगेका नेपाली क्रिकेट प्रेमीहरुले क्यानमा देखिएको विवाद तत्काल समाधान गर्नुपर्ने माग जोडदाररुपमा गरेका थिए । त्यसैगरी दशकदेखि अल्झिएको मुलपानी क्रिकेट मैदान छिटो निर्माण सक्नु्पर्ने र खेलाडीहरुलाई सुविधा दिनुपर्नेसहितका मागसहित नारावाजी गरेका हुन् ।

 बसन्त रेग्मी भन्छन्ः १० वर्षमा टेस्ट मान्यता पाउँछौँ

सयौँ क्रिकेट प्रेमीहरुले नेपालमा एउटा गतिलो क्रिकेट मैदान पनि नभएको भन्दै खेलाडीको मेहनतले मात्रै देशको शीर उँचो भइरहेको भन्दै खेल संस्थासँग आक्रोश पोखेका हुन् । वान डे इन्टरनेशनल मान्यता पाए पनि अब क्रिकेट खेल्ने मैदान नभएकालले टुँडिखेलको भर पर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका थिए । विमानस्थलमा नाराबाजी गर्दै उनीहरुले टुँडिखेलमा खेलेर मात्रै नेपाली क्रिकेट उँभो नलाग्ने बताउँदै खेल मैदान बनाउन सरकारसँग जोडदार माग गरे ।

नेपाली क्रिकेटप्रेमीले क्यान विवाद तत्काल समाधान गर्नुपर्ने, मुलपानी क्रिकेट मैदान छिटो बनाउनुपर्ने र खेलाडीलाई सुविधा दिनुपर्नेलगायत मागसहित विमानस्थलभित्रै केही समय नाराबाजी गर्दा माहोल अर्कै बनेको थियो ।अन्नपुर्णपोस्टबाट साभार