आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

लुम्बिनी समाज नेपाल-कुवेतले मार्च २३ तारीख मनाउँने पाँचौ वार्षिकोत्सवको तयारी पुरा

परदेशी खबर ४ चैत्र २०७४, आईतवार १८:०६ मा प्रकाशित ( ६ साल अघि) २७८ पाठक संख्या

परदेशी खबर / मार्च १८, कुवेत । कुवेतको सक्रिय सामाजिक संस्था लुम्बिनी समाज नेपाल-कुवेतको पाँचौ वार्षिकोत्सवको तयारी पुरा भएको जानकारी समाजका अध्यक्ष रुपेन हमालले परदेशी खबरलाई जानकारी दिएको छ । साथमा नेपाली भित्तेपात्रो सार्वजानिक गर्ने कार्यक्रम पनि रहेको बताएका छन् |

लुम्बिनी समाज नेपाल-कुवेतले विदेशबाट विभिन्न प्रकृतिमा समस्यामा परेका हरुको सफल उद्दार गर्नुको साथै नेपाल,विभिन्न प्राकृतिक प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ । कुवेतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाज नेपाल-कुवेतले आफ्नो पाँचौ वार्षिकोत्सवको धुमधाम साथ् मनाउन लागिएको छ

लुम्बिनी समाज नेपाल-कुवेत कुवेतमा सामाजिक कार्यमा सक्रिय संस्थाको रुपमा स्थपित गर्न सफल भएको संस्था हो । हरेक वर्ष नेपाली वर्षको भित्तेपात्रो पनि प्रकाशित गरि सार्वजनिक गर्दै आइरहेको समाजले यहि आउदो नयाँ २०७५ सालको नेपाली क्यालेन्डरको विमोचन पनि गर्ने भएको हो ।

उक्त कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमको शोभा बढाई सफल बनाउन सम्पुर्ण कुवेतमा सक्रिय संघ संस्था , नेपाली समुदाय, मिडिया कर्मी ,कलाकर्मी, खेलप्रेमी लगायत सम्पुर्णलाई उपस्थितको आग्रह यसै समाचार मार्फत सम्पुर्णलाई जानकारी गरिएको छ ।

कार्यक्रम हुने स्थान
स्थान :अल हैताम रेस्टुरेन्ट फार्वानिया
समय:बिहान ठिक ११ बजे
मिति: मार्च २३ / २०१८
आयोजक : लुम्बिनी समाज नेपाल-कुवेत