आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

वोर्डद्वारा पुराना नेपाली फिल्मको डिजिटाइजेशन सुरू

परदेशी खबर २२ फाल्गुन २०७४, मंगलवार २२:१४ मा प्रकाशित ( ६ साल अघि) २३० पाठक संख्या

हाइडेफिनेसन टु के गुणस्तरमा हेर्न पाइने

मार्च ६, काठमाण्डौ-नेपाल चलचित्र विकास वोर्डले पूराना नेपाली चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाईजेशन तथा रेष्टोरेशन गर्ने भएको छ । अध्यक्ष निकिता पौडेलको अध्यक्षतामा पुस २४ गते बसेको वोर्ड बैठकले यो निर्णय गरेको हो ।

निर्णय अनुसार नेपालको पहिलो फिल्म ‘आमा’सहित १२ वटा चलचित्रलाई पहिलो चरणमा डिजिटाईजेशन गर्न लागेको हो । ‘आमा’सँगै ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दूर’, ‘परालको आगो’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजो आज भोली’, ‘विश्व्वाश’, र ‘शान्तिदीप’ फिल्मको डिजिटाइजेशन गरिनेछ।

सेतोपाटीसँग कुरा गर्दै वोर्ड अध्यक्ष निकाता पौडेलले पुराना फिल्मको डिजिटलाइजेसनसँगै ती फिल्मका रिलहरू पनि रिस्टोर (पुरानो रिलिज लाई नयाँजस्तै बनाउने) बताइन्।

‘आमा फिल्मदेखी गणना गर्दा नेपाली फिल्म निर्माणको ५० वर्ष पुग्छ। त्यसैले हामीले हाम्रो फिल्मी इतिहास जोगिराखोस भन्नाका लागि यो सुरु गरेका हौं’, उनले भनिन्, ‘डिजिटलाइजेसन पछि ती पुराना फिल्मलाई अहिलेका फिल्मको गुणस्तरमा हेर्न सकिनेछ।’

वोर्ड अध्यक्ष निकिता पौडेल

उनका अनुसार पहिलो चरणमा तात्कालिन शाही नेपाली चलचित्र संस्थानले बनाएका र सूचना मन्त्रालयको सरकारी लगानीमा बनेका फिल्मलाई डिजिटल प्रविधिमा रूपान्तर गर्न लागिएको हो। ती फिल्महरूको टु के प्रविधिमा डिजिटलाइजेसन हुनेछ।

त्यस्तै रिलहरूको रेस्टोरेसनले पछिका दिनमा आउने एट के वा अन्य विकसित गुणस्तरमा फिल्मलाई स्तोरउन्नति गर्न सकिनेछ। अन्य फिल्महरूलाई आवश्यक्ता र बजेटको मात्रा हेरि बर्षेनी फिल्महरूको क्रमश डिजिटलाइजेसन हुनेछ।

डिजिटाईजेशन भएपछि सबै १६ एमएम र ३५ एमएमका चलचित्रहरु अब २ के। र ४ के। फर्म्याटमा आउनेछन् । साथै नेपाली फिल्मको गौरवमय ईतिहासलाई आम सर्वसाधारणसम्म पुर्याउन चलचित्र संग्रहालयको पनि स्थापना गर्ने प्रक्रियाको थालनी भएको वोर्डले जनाएको छ । बोर्डको फिल्मको लाइब्रेरी नै बनाउने योजना रहेको अध्यक्ष पौडेलले सेतोपाटीलाई बताइन्।

(भिडियो हेर्नुस्: सत्यजित रेको ‘पाथेर पाञ्चाली’लाई यसरी डिजिटलाइजेसन गरिएको थियो, डिजिटलाइजेसनपछि पुराना नेपाली फिल्मको गुणस्तर यस्तै हुनेछ।)

 सेतोपाटीबाट