साहित्यकार इन्द्रबहादुर राईको निधन

 

मार्च ६,काँकडभिट्टा — भारतीय नेपाली भाषी साहित्यकार इन्द्रबहादुर राईको मंगलबार अपरान्ह भारतको दार्जिलिङमा निधन भएको छ ।
९३ वर्षीय राई लामो समयदेखि विरामी थिए। गत २७ अगष्टमा श्रीमती मायादेवीको देहावसानपछि राई पनि थलिएका थिए।
१९८४ साल माघ १७ गते दार्जिलिङको बालासन खोलाको बगरमा जन्मिएका राईको पहिलो कृति सन् १९६१ मा ‘विपना कतिपय’ प्रकाशित भयो। सन् १९५८ मै लेखि सिध्याएको उपन्यास ‘आज रमिता छ’ १९६४ मा मात्रै प्रकाशित भयो। यो उपन्यास लेखिका मञ्जुश्री थापाले अंग्रेजीमा अनुवाद गरेकी छन्। उनको पछिल्लो कृति ‘सम्पुरक’ हो।
गत वर्ष राईलाई त्रिभुवन विश्वविद्यालयले मानार्थ विद्यावारिधी सम्मान समेत गरेको थियो। सन् ६० को दशकतिर तेस्रो आयाम र त्यसपछि लीला लेखन जस्ता आयामको कमाण्ड सम्हालेका राईसंगको बिहीबारजातीय संस्कार अनुसार अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ।कान्तिपुरबाट





Related Posts
  • कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)
  • एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना
  • धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते
  • नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बुद्ध लामा र सरस्वती भुजेलको प्रस्तुतिमा झुमे दर्शकहरु (फोटो फिचरसहित)

    एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

    धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

    बिजनेष

    साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस