आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

सेयर बजारमा ‘पहिरो’, लगानीकर्ताले एकैदिन गुमाए ४७ अर्ब

परदेशी खबर २० फाल्गुन २०७४, आईतवार १७:५८ मा प्रकाशित ( ६ साल अघि) १०५ पाठक संख्या

मार्च ४काठमाडौँ: नयाँ सरकार बनेसँगै सुध्रिन्छ भन्ने आशमा बसेका लगानीकर्तालाई आइतवार सेयर बजारले नराम्रो झट्का दिएको छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि डा. युवराज खतिवडाले अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने अभिव्यक्ति दिँएसँगै पुँजी बजारमा पहिरो गएको हो ।

अर्थमन्त्रीको खतिवडाको त्यस अभिव्यक्तिको प्रभाव यति धेरै पर्यो कि पुँजी बजारका लगानीकर्ताले आइतवार एकै दिन ४७ अर्ब रुपैयाँ गुमाउन पुगेका छन् ।

बिहान बजार खुल्नेबित्तिकै रेड कार्पेट ओछ्याउन थालेको सेयर बजारमा बजार बन्द हुनुअघिसम्म ४१.५६ प्रतिशतले घट्दा लगानीकर्ताकव ४७ अर्ब रुपैयाँ गायब भएको हो ।

केही महिनादेखि निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार आइतवार दुई वर्षअघिकै न्यून बिन्दुमा आइपुगेको छ । यसअघि पुँजी बजार २०७२ फागुन २० गते १३०० अंकमा ओर्लेको थियो । ठीक दुई वर्षपछि सेयर बजारको अवस्था त्यस्तै दयनीय भएको हो । आजको दिन ४१.५६ अंकले ‌ओरालिँदै बजार परिसूचक नेप्से १३०४.४३ अंकमा आएको छ ।

आइतबार कारोबार जारी रहेका बेला सेयर बजार १३०० अं‌कबाट तल झरेको थियो । तर बजार बन्द हुनुअघिसम्म बजार केही थामिँदै १३०० बिन्दुमा पुगेर रोकिएको हो ।

अर्थमन्त्रीले घर जग्गा तथा सेयर बजार जस्ता अनुत्पादक क्षेत्रलाई नियन्त्रण गर्ने अभिव्यक्ति दिएसँगै लगानीकर्तामा अविश्वास बढेको छ । आइतवार बजारमा सेयर बिक्री गर्नेहरुको अधिक चाप पनि थियो ।

बजार परिसुचक यसअघि २०७३ माघ १७ गते १३०९ अंकमा झरेको थियो । तर १३ महिनापछि सेयर बजार त्यो भन्दा पनि तलको बिन्दुमा पुगेको हो । आइतबार बजारमा पहिरो नै गएपछि समग्र पूँजीकरण १५ खर्ब ७४ अर्ब रुपैयाँबाट झरेर १५ खर्ब २७ अर्ब रुपैयाँमा पुगेको छ । यस्तो अवस्थामा लगानीकर्ताले एकै दिन ४७ अर्ब रुपैयाँ गुमाउन पुगेका हुन् ।

सेयर बजारको प्रमुख मानिने वाणिज्य बैंक समुहमा भइरहेको ठुलो गिरावटले बजारमा पहिरो नै गएको हो । बैंकिङ समुह एक्लैमा आइतबार ३५.४२ अंकको ठुलो गिरावट देखियो । वाणिज्य बैंक समूहमसँगै अन्य सबै समूहको अवस्था पनि उस्तै देखियो ।

 अन्नपुर्णबाट साभार