आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

नेपालका सडक एसियाकै खराब

परदेशी खबर १७ फाल्गुन २०७४, बिहीबार ०७:३९ मा प्रकाशित ( ६ साल अघि) २८५ पाठक संख्या

मार्च १काठमाडौं । वर्ल्ड इकोनोमिक फोरमले देशहरुको सडकको अवस्थाबारे सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोट अनुसार नेपालका सडक एसियाकै खराबमा परेको छ ।

आर्थिक स्रोतको कमी र पहाडी भूबनोटका कारण नेपालका सडक खराब देखिएको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा उत्कृष्ट सडक रहेको देशको सूचीमा सिंगापुर पहिलो स्थानमा छ । यसैगरी जापान दोस्रो, ताइवान तेस्रो, दक्षिण कोरिया चौथो र मलेसिया पाँचौं स्थानमा छन् ।

यसैगरी राम्रा सडक भएको देशहरुको सूचीमा चीन पहिलो स्थानमा छ । त्यसपछि क्रमशः ब्रुनाई, श्रीलंका, भारत, थाइल्याण्ड र पाकिस्तान छन् ।

सबैभन्दा खराब देशको सूचीको पुछारमा नेपाल छ । बंगलादेश, मंगोलिया, फिलिपिन्स, कोलम्बिया, लाओस, भियतनाम र भुटानका सडक पनि सबैभन्दा खराब सडक भएको देशमा सूचीकृत भएका छन् ।

 न्युज24बाट