आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

यस्तो छ एमाले-माओवादीबीच भएको सातबुँदे सहमति

परदेशी खबर ७ फाल्गुन २०७४, सोमबार १७:४६ मा प्रकाशित ( ६ साल अघि) ३१२ पाठक संख्या

फेब्रुअरी १९,काठमाडौँ- एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच पार्टी एकतालाई अन्तिम रुप दिन सोमबार बेलुकी पौने आठदेखि सुरु भएको बैठक सातबुँदे सहमति गरी टुंगिएको छ।

दुई पार्टीहरुले पार्टी एकीकरणका प्रारम्भिक आधारहरुमा सहमति गरेका हुन्।

यी हुन् सातबुँदे सहमति:

एकीकृत पार्टी नाम नेपाल कम्युनिष्ट पार्टी रहनेछ।

एकीकृत पार्टीको सिद्धान्त मार्क्सवाद लेनिनवाद रहनेछ।

एमालेको जनताको बहुदलीय जनवादको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा र शान्ति सम्झौतापछि माओवादीको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाको समान नीति।

एमालेको जबज र माओवादीको माओवाद र २१ औँ शताब्दीमा जनवादको  विधिसम्मत छलफल र परिमार्जन गरिनेछ।

अन्तरिम विधान तयार गरिनेछ।

प्राप्त उपलब्धिको रक्षा गरी सामाजिक तथा आर्थिक रुपान्तरण गर्दै समाजवादको आधार तय गरिनेछ।

अबको महाधिवेशन एकता महाधिवेशन हुनेछ।

सहमतिमा केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, पुष्पकमल दाहाल, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन्।

एमाले र माओवादीबीच भएको सातबुँदे सहमति पढेर सुनाउँदै नारायणकाजी श्रेष्ठ। 
साभार :-देशसञ्चार