आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

भलिबल र बास्केटबल दुवैमा खेलमा महेन्द्र बहुमुखी क्याम्पस फाईनलमा

परदेशी खबर ७ फाल्गुन २०७४, सोमबार ०६:०७ मा प्रकाशित ( ६ साल अघि) २८९ पाठक संख्या

परदेशि खबर/ १८ फेब्रुअरी कुवेत। मोरङको सुकुना बहुमुखी क्याम्पसमा जारी प्रदेश स्तरिय प्रथम स्ववियु कप भलिवल प्रतियोगितामा महेन्द्र बहुमुखी क्याम्पस धरान आयोजक सुकुना बहुमुखी क्याम्पस मोरङलाइ हराउँदै फाईनलमा प्रबेश गरेको छ। प्रतियोगितामा प्रदेश नम्बर एक भरिका २९ वटा क्याम्पसहरुले सहभागिता जनाएका थिए ।

अबकाे महेन्द्र बहुमुखी क्याम्पसको फाइनल खेल फागुन ९ गते नेहारिका कलेज बिराटनगर क्याम्पससंग हुनेछ। यी दुई मध्यबाट प्रथम हुने क्याम्पसले ५५ हजार पाँच सय रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र जीत्नेछन भने दोस्रो हुनेले ३३ हजार तीन सय ३३ सहित टृफी प्रमाण पत्र पाउनेछन् ।

त्यस्तै पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा चलिरहेको अन्तर कलेज बास्केटबल प्रतियोगितामा आयोजक पुर्बन्चल इन्जिनियरिङ क्याम्पसलाई हराउदै महेन्द्र बहुमुखी क्याम्पस धरान फाईनलमा प्रबेश गरेको छ । बास्केटबलको फाइनल ८ गत्ते मेघा कलेजसंग हुनेछ।

शिक्षाको लागी अध्यन र स्वास्थको लागी खेलकुद अनिवार्य रहेकोले कुनै पनि प्रतियोगिताहरुमा खेलाडीहरु मनोबल उच्च पार्दै विद्यार्थीहरुमा रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले आफै खेलाडीहरु लिएर हरेक खेलहरुमा पुग्ने गरेको स्वबियु सभापति सरगम सागर चेम्जोङले बताएका छन।