आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

इरानमा विमान दुर्घटना

परदेशी खबर ६ फाल्गुन २०७४, आईतवार ०८:५१ मा प्रकाशित ( ६ साल अघि) १६० पाठक संख्या

फेब्रुअरी १८,तेहरानः इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको एक यात्रुवाहक विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको छ।

६६ जना यात्रु सवार सो विमान दक्षिणी इरानको सेमीरोम प्रान्तको हिमालमा दुर्घटना भएको फार्स न्यूज एजेन्सीले जनाएको छ।

एटीअार-७२ कल साइन भएको विमान राजधानी तेहरानबाट दक्षिणी शहर यासुजका लागि उडेको थियो।

घटनास्थलतर्फ उद्दारकर्ता पठाइएको इरानी रेड क्रिसियन्टले जनाएको छ। क्षतीको विवरण अाइनसकेको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

घटनास्थलतर्फ उद्दारका लागि हेलिकोप्टरहरू पठाइएको छ। क्षतीको विवरण तत्काल प्राप्त भइनसकेको इरानको अापतकालिन उद्दार संस्थाका प्रवक्ताले बताएका छन्।

घटनास्थल दुर्गम पहाडी भेगमा भएका कारण एम्वुलेन्स पठाउन नपाइएको र उद्दारका लागि हेलिकोप्टर पठाइएको उनले बताएको इरानको समाचार एजेन्सी एमएनएले जनाएको छ।

विमानले अापतकालिन अवतरणको प्रयास गर्ने क्रममा दुर्घटना भएको स्थानीयबासीलार्इ उदृत गर्दै एमएनएले जनाएको छ।    पहिलो पोस्टबाट