आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

दर्शन ठकुरी समाज कुवेतको चौथो वार्षिक उत्सवको तयारी पुरा

परदेशी खबर ६ फाल्गुन २०७४, आईतवार ०५:५४ मा प्रकाशित ( ६ साल अघि) २५१ पाठक संख्या

परदेशी खबर / फेब्रुअरी १८, कुवेत । दर्शन ठकुरी समाज कुवेतको चौथो वार्षिक उत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । यही आउदो फेब्रुअरी २३ तारिख शुक्रवार हुने ‘चौथो वार्षिक उत्सव तथा शैक्षिक च्यारिटी शो २०१८’ को तयारी पुरा भएको दर्शन ठकुरी समाज कुवेतका अध्यक्ष एलबी हमाल ठकुरीले जानकारी दिएका छन ।

अतिथि कलाकार नेपालका चर्चित लोक तथा दोहोरी गायक शक्ति चन्दको साथमा मनाउने वार्षिक उत्सव बिल्कुल फरक खालको हुने र त्यसै अनुसारको तयारी गरेको संस्थाका सरक्षक बि.बि मल्ल ठकुरीले बताउदै अतिथि कलाकार शक्ति चन्द बुधबार बेलुकि ७:३० बजे कुवेत आइपुग्ने हुदा कुवेतमा
कृयाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडी लगायत सम्पूर्णलाइ कलाकार स्वागतार्थ बिमानस्थलमा उपस्थित भैइदिनु हुन अनुरोध समेत गरेकाछन ।

कुवेतको हवाली स्थित बोय स्काउट हलमा हुने बार्षिक उत्सवमा अथिति कलाकारको साथमा स्थानिय कलाकारहरुको बिजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
चौथो वर्षमा प्रवेश गरेको अबसरमा अथिति कलाकारका साथ मनाउन लागीएको वार्षिक उत्सवमा सहयोगी दाताहरुबाट उठेको रकम आर्थिक अभावका कारण बिद्यालय जान नपाएका वालबालिकाहरुलाई सहयोग गर्ने समाजका अध्यक्ष एलबि हमाल ठकुरीले बताए ।
कार्यक्रम भब्यरुपमा पारिदिनको लागि कुवेतमा रहेका कृयाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिन कुनै संघसंस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिनु हुन समेत आयोजक टिमले आग्रह गरेको छ ।
कार्यक्रम हुने

मिति :- फ्रेवरी २३ तारिख शुक्रबार २०१८
स्थान :- हवाली स्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)
समय :- बिहान ठिक ११ बजे