नेपालमा सलमानले एक ४ करोड ८० लाख पारिश्रमिक लिने ?

नेपालमा सलमानले एक ४ करोड ८० लाख पारिश्रमिक लिने ?

फेब्रुअरी ८,काठमाडौं । फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने सलमानको ‘द दवङ टुर’ कार्यक्रमका लागि उनले ४ करोड ८० लाख रुपैयाँ लिएका छन् । उक्त रकम आयोजकले सलमानलाई अग्रिम रुपमा पठाइसकेको छ । यस्तै अन्य कलाकारलाई ३ करोड २० लाख रुपैयाँ पठाइसकेको छ ।

“हामीले सलमानलाई ३ करोड आईसी पठाइसकेका छौं,” आयोजक ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले भने, “मेगास्टार सलमानका लागि यो निकै सानो रकम हो । सानो बजार भएकाले उहाँ यो रकममा सहमत हुनुभएको हो । अन्य बाँकी कलाकारका लागि हामीले २ करोड आईसी पठाएका छौं ।”

सलमानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि नेपाल आउनेछन् ।

सलमानसँग नेपालका ५ कलाकारले स्टेज सेयर गर्नेछन् । तर, नेपाली कलाकार कोको हुने भन्ने तय भैसकेको छैन । “अहिले हामी एजेन्सीमार्फत् नेपाली कलाकार को लिने भनेर छलफल गरिरहेका छौं,” सिमान्तले भने ।

यता नेपाली कलाकारले भने पारिश्रमिक र स्टेज सेयरमा कुरा नमिलेको बताएका छन् । बिनापारिश्रमिक आयोजकले अफर गरेको उनीहरुले बताएका छन् । नायिका स्वस्तिमा खड्काले आयोजकले बिनापारिश्रमिक नै पर्फर्मेन्स गरिदिने आशयले अफर गरेको दाबी गरिन् । “च्यारिटी शो हो भने ठिक छ, हामी तयार छौं, हैन भने उहाँहरु व्यापार गर्ने हामीले पारिश्रमिक नलिई पर्फर्मेन्स गर्ने भन्ने हुँदैन,” उनले भनिन् ।

सलमानले गर्ने डान्समा कोरस गर्नसमेत आयोजकले आग्रह गरेको भन्दै उनले भनिन्, “हामी नेपाली कलाकारको पनि इज्जत छ नि, हामी कोरस गर्दैनौं,” स्वस्तिमा भन्छिन्, “सलमान ठूलो स्टार कलाकार हो हामीलाई थाहा छ, म पनि सम्मान गर्छु । उहाँ नेपाली गीतमा नाच्नुहुन्छ भने म उहाँको डान्समा कोरस गर्न तयार छु, तर उहाँले गर्ने हिन्दी डान्समा कोरस गर्न मेरो नैतिकताले पनि दिँदैन ।”

यता, ओडिसीले भने बिनापारिश्रमिक नेपाली कलाकारलाई अफर नगरिएको बताएको छ । “नेपाली कलाकार हाम्रा लागि झन् महत्वपूर्ण हुनुहुन्छ । उहाँहरुलाई हामी सकेसम्म धेरै पारिश्रमिक दिन चाहन्छौं । उहाँहरुको व्यस्तताले हामीले अहिलेसम्म फाइनल गर्न सकेका छैनौं,” गुरुङले भने ।
कार्यक्रमका लागि टिकट ३ हजार, ५ हजार, १० हजार र २० हजार दरका रहेको गुरुङले जानकारी दिए । ५० हजार दर्शक उपस्थित हुने अपेक्षा आयोजकले गरेको छ ।  साभार बाह्रखरी






Related Posts
  • विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै
  • नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक
  • नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमलाइ कुवेतमा भब्य स्वागत
  • थाकथुक मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतद्वारा अल्सर पिडित लिम्बुलाई आर्थिक सहयो
  • पछिल्ला सम्प्रेसणहरु

    विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

    नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

    मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस