आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

सागर आले मगर र प्रकृति थलाङलाई कुवेतमा भब्य स्वागत

परदेशी खबर २४ माघ २०७४, बुधबार १८:४८ मा प्रकाशित ( ६ साल अघि) २४३ पाठक संख्या

युग लामा / फेब्रुअरी ७, कुवेत । चितवन सेवा समाज कुवेतले आयोजना गरेको “चितवन धमाका-२” सांगीतिक धमाकाको लागि कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा आज फेब्रुवरी ७ बुधबार साँझ ७.२५मा अन्तराष्ट्रिय बिमानस्थलमा अथिति कलाकरहरु पहिलो नेपाल आइडलको उत्कृष्ट चारमा पर्न सफल सागर आले मगर र गायिका प्रकृति थलाङ लिम्बुलाई भब्य स्वागत गरेका छ्न ।

अतिथी कलाकारहरुलाई स्वागत गर्न NRNA NCC कुवेतका अध्यक्ष अर्जुन तामाङ, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश किराती, सरोकार समाजका अध्यक्ष दिल स्याङ्बो, पत्रकार महासंघ प्रतिनिधि, बिभिन्न संघसस्थाको प्रतिनिधि लगायतका ब्यक्तीत्वहरुको उपस्थित रहेको थियो ।

“अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन” भन्ने नाराको साथ कुवेतको नेपाली समाजमा कृयाशिल संस्था कुवेतमा रहेका चितवनवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको चितवन सेवा समाज कुवेतले आफ्नो दोश्रो वार्षिक उत्सवको अबसर पारेर चर्चित राष्ट्रिय कलाकारहरुक साथ आगामी फेब्रुअरी -९-२०१८, शुक्रबारका दिन”चितवन धमाका-२” बिशेष सांगितिक कार्यक्रम नटिङगम ब्रिटिश स्कुलहल जिलिब शोयखमा मनाउन लागेको हो ।

नेपालबाट आमन्त्रित अथिति कलाकारहरुको भब्य स्वागत पछि फेब्रुअरी -९-२०१८, शुक्रबारका दिन”चितवन धमाका-२” बिशेष सांगितिक कार्यक्रम नटिङगम ब्रिटिश स्कुलहल जिलिब शोयखमा हुन गैरहेकोले कुवेतमा कृयाशिल बिभिन्न संघसस्थाहरु, अग्रज ब्यक्तित्वहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकार, राजनीतिकर्मी, खेलाडी तथा कुवेतवासी दिदीबहिनी तथा दाजुभाई लाई उपस्थित कार्यक्रममा उपस्थित भैदिनहुन समाजकाअध्यक्ष नबिन लोप्चनले हार्दिक अनुरोध गरेका छ्न ।