लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन्द्र हमालको अगुवाइमा दुबइबाट लेखराज गौतमको उद्धार

 

उद्धार गरिएका गौतम

परदेशी खबर / फेब्रुवरी ७, कुवेत । रोजगारको लागि दुबइ पुगेका लेखराज गौतमको लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन्द्र हमालको अगुवाइमा दुबइबाट लेखराज गौतमको सफल उद्धार गरिएको छ ।

२०७३ भदौ महिनामा दुवई भिजिट भिसामा पुगेका गौतम भिजीट भिजा सकिएर म्याद थपका लागी तयारी गर्दा गर्दै ढिलो भएको र नेपाल फर्किनका लागि दुताबास बाट यात्रा कागजात लिएर प्रहरीलाई बुझाउन जांदै गर्दा सिआईडीले पक्राउगरेको गौतमकी श्रीमती सुनीताले जानकारी छ ।
गौतमलाई उहांका साथी गोर्खाका कर्ण ढकालले भिजिट भिजामा दुवई बोलाएको थियो । ढकालले आफु संगै पाटनरीमा ड्राईभिङ काम गर्न भन्दै दुवई बोलाएको र भिजा म्याद थपका लागि आफैले सहयोग गर्ने बताए पनि म्याद सकिदा समेत म्याद थप नगरिदिएको गौतमकी श्रीमती सुनिताले बताएका छिन् ।

नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १० ध्रुवटोलका लेखराज गौतम २ हप्ता अगाडि जेल पर्नुभएको छ । भिजा सकिएपछि पनि अबैध रुपमा बसोबास गर्दैआएको भन्दै अदालतले गौतमलाई जरीवाना बापत ४६ हजार दिराम तिर्नुपर्ने बताएपछि आर्थीक संकलनका लागि अभियान सुरु गरिएको छ ।लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालको अगुवाइ र पहलमा संकलित रकम दुबई स्थित गौतम रहेको जेलमा बुझाए पछि नेपाल फर्किएको जानकारी लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालले जानकारी दिएको छ ।

छोटो समयको अवधी १ दिनमा २००० दिराम जम्मा गर्नु परेपछी हमाल ले दुबई कतार का आफ्ना साथी हरु को सहयोग र आफै पनि कुवेत बाट १२०० दिराम पठाएका थियो । एकै दिनमा यति धेरै रकम जम्मा गरेर उद्धार गर्नु परेता पनि सहयोगी साथीभाईहरुको सहयोग र हमालको प्रयासले अदालतले दिएको समयमा नै सफल उद्धार गर्न सकेकोमा सबै सहयोगी मनहरुलाई धन्यवाद दिँदै आगमी दिनहरुमा पनि मानवीय तथा प्राकृतिक प्रकोपमा समस्या पनि सहयोगको आशा राखेको अध्यक्ष हमालले परदेशी खबरलाई बताएका छन् । दुबईमा हमाल र पिडित बिच सहकार्य गर्नुहुने मान बहादुर गुरुङ लाई पनि विशेष धन्यवाद दिएको छ ।






Related Posts
  • नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान
  • नवराज विश्वकर्मा लगायतको हत्याप्रकरणको निश्पक्ष छानबिनको माग गर्दै मुलबासी मंगोलहरु सडकमा उत्रिए
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • पछिल्ला सम्प्रेसणहरु

    नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

    दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस