आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

युएई सरकारले लागु गर्यो कामदारका लागि नयाँ नियम

परदेशी खबर २३ माघ २०७४, मंगलवार १३:०७ मा प्रकाशित ( ६ साल अघि) ४७० पाठक संख्या

फेब्रुवरी ६, युएई l संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा आउने नयाँ कामदारका लागि नयाँ नियम लागु गरेको छ। युएई सरकारले २०१८ फेब्रुअरी ४ देखि लागु हुनेगरी चालचलनको प्रमाणपत्र अनिवार्य पेश गनु पर्ने नियम लागु गरेको हो। रोजगारीका लागि आउने अन्य देशका नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम बनाएको हो।

नेपालीहरूले प्रहरी प्रधान कार्यालय नक्सालबाट उक्त प्रमाणपत्र बनाउन सक्ने छन्। प्रमाणपत्र लिइसकेपश्चात कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौं स्थित युएइको राजदूतावासबाट प्रमाणिकरण गरी युएइको सम्वन्धित निकायमा बुझाउन पर्ने छ।

पछिल्लो पाँच वर्षमा नेपाल बाहेकको मुलुकहरुमा बसोबास गरेको भए तत्_तत् मुलुकबाट प्रहरी प्रतिवेदन बनाउनुपर्ने र पाँच वर्ष भन्दा बढी युएईमा बसोबास भएमा युएईकै प्रहरी निकायले यस्तो प्रमाणपत्र उपल्ध गराउने नेपाली दूतावास युएईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

सो अवधि भन्दा कम समय युएईमै रहेका नेपालीहरुले आफ्ना नातेदार मार्फत माग भएबमोजिमका कागजपत्र उपलब्ध गराएर नजिकको प्रहरी प्रधान कार्यालय वा अपराध अनुसन्धान विभागको चालचलन शाखा नक्सालबाट प्रमाण पत्र लिन सक्नेछन्।साभार: नागरिक न्युजबाट