आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

दर्शन ठकुरी समाज कुवेतको चौथौं बार्षिक उत्सव तथा “शैक्षिक च्यारिटी शो” को तयारी तिब्र हुदै

परदेशी खबर २२ माघ २०७४, सोमबार ११:२३ मा प्रकाशित ( ६ साल अघि) ३७१ पाठक संख्या

परदेशी खबर/फेब्रुवरी ५, कुवेत l दर्शन ठकुरी समाज कुवेतद्वारा आयोजित आउदो २३ फेब्रुवरी २०१८ शुक्रबारका दिन गरिने चौथौं बार्षिक उत्सव तथा “शैक्षिक च्यारिटी शो” कार्यक्रमको तयारी तिब्ररुपमा हुदै गरेको जानकारी समाजका अध्यक्ष एलबी हमालले परदेशी खबरलाई दिएका छन्l

कुवेतको हवाली स्थित बोय स्काउट हलमा गरिने कार्यक्रममा अतिथि कलाकार लोक दोहोरी गायक शक्ति चन्दका साथ स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने र अन्य कार्यक्रम भन्दा पृथक ढंगले हुने अध्यक्ष हमालले जानकारी दिएका छन् l

चौथौं प्रवेश गरेको अवसरमा मनाउदै गरेको “शैक्षिक च्यारिटी शो” कार्यक्रममा सहयोगी दाताहरुबाट उठेको रकम आर्थिक अभावका कारण बिधालयमा जना नपाएका बालबालिकाहरुलाई सहयोग गरिने भएकोले उक्त दिन कुवेतमा कृयाशील सम्पूर्ण संघ संस्थाहरु लगाएत बुद्धिजिबी, समाजसेवीहरु, पत्रकार,कलाकार, खेलाडी लगाएत सम्पूर्ण कुवेतवासी दिदीबहिनी तथा दाजुभाईहरुलाई कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमलाई भव्यरुपमा सफल पारिदिनु हुन साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिनु हुन अध्यक्ष हमालले सम्पूर्णलाई बिनम्र अनुरोध गरेका छन् l

कार्यक्रमको विवरण

मिति: २३ फेब्रुवरी २०१८ शुक्रबार

स्थान : हवाली स्थित बोय स्काउट थियटरमा

समय : बिहान ठिक ११ बजे

आयोजक : दर्शन ठकुरी समाज कुवेत