मेघाङ गाउँ पालिका ५ र ६ वडाको संयुक्त प्रस्तुतिमा बृहत साँस्कृतिक कार्यक्रम हुने

लामा भाई, काठमाण्डौ


माघ १९- नुवाकोट जिल्ला मेघाङ गाउँ पालिका वडा नम्बर ५ र ६ को संयुक्त प्रस्तुतिमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ |

म्हेन्दोमाया संस्कार, संस्कृति र भेषभुषाको जगेर्ना गरौँ २८५४ औं खि ल्हो (कुकुर वर्ग) सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ मनाऔं भन्ने मूल नाराका साथ मेघाङ गाउँ पालिका वडा नम्बर ५ र ६ को संयुक्त प्रस्तुतिमा प्रथम एतिहासिक बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम आगामी माघ २७ गते आयोजना गरेको कार्यक्रम संयोजक म्हेन्दोमाया गायक विश्व पासा तामाङले परदेशी खबरलाई जानकारी दिएको छ |

२ दर्जन भन्दा धेरै नेपालका राष्ट्रिय म्हेन्दोमाया कलाकारहरुको बेजोड प्रस्तुतिमा हुन् गइरहेको यस कार्यक्रममा तार्केसोर गाउँ पालिका र मेघाङ गाउँ पालिकाका सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, र बरिष्ट व्यक्तित्वहरुलाई निमन्त्रणा पत्र दिइसकेको र यति निमन्त्रणा पत्र दिनमा छुटफुट भएमा यसैलाई नै निमन्त्रणा सम्झी सबै अतिथिहरु र दाजुभाई तथा दिदीबहिनीहरुमा उक्त दिन यहाँहरुको गरिमामय उपस्थित जनई कार्यक्रमलाई भब्य र सभ्य रुपले सफल पारिदिनुहुन कार्यक्रम संयोजक विश्व पासा तामाङले हार्दिक अनुरोध गरेका छन् |

कार्यक्रमको विवरण यस प्रकार रहेको छ |
मिति: २०७४ माघ २७ गते
स्थान: सामरी भन्ज्याङ
समय: बिहान १० बजेदेखि






Related Posts
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा
  • कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको महान चाड उधौली मनाउने
  • भारत द्वारा लिपुलेक र लिम्पियाधुरा सिमा अतिक्रमण गरेकोमा जङगीए युवा
  • पछिल्ला सम्प्रेसणहरु

    सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

    काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस