नेपालीले टोकियोमा सुरू गरे जापानी रेस्टुरेन्ट

फेब्रुअरी २,टोकियो । पाँच वर्षअघि अध्ययन गर्न जापान आएका चितवनका सुजन श्रेष्ठ र इटहरीकी पुजा न्यौपानेले एक जापानीज रेस्टुरेन्ट सन्चालन गरेका छन् ।

 

राजधानी टोकियोको कामटा एरियामा पीएसकेएन गुड रेस्टुरेन्ट नाम रहेको उक्त रेस्टुरेन्ट जनवरी ३१ तारिख बुधबारदेखि औपचारिक रूपमा सुरु भएको हो ।

रेस्टुरेन्टको क्षेत्रमा लामो अनुभव भएका श्रेष्ठले जापानीज सहकर्मी केन्जीको सहयोगमा जापानीज ग्राहकलाई लक्षित गर्दै रेस्टुरेन्ट संचालन गरेको बताएका छन् ।

नेपालीहरुलाई जापानीज खानाको स्वाद चखाउन यो रेस्टुरेन्टले माध्यमको काम गर्ने संचालक श्रेष्ठको मान्यता छ ।

एक करोड ५० लाख रुपैयाँको लगानीमा स्थापित यो रेस्टुरेन्टमा २ जना नेपालीसहित ५ जना कार्यरत छन् । रोजगारीमा नेपालीहरुलाई नै पहिलो प्राथमिकता दिने सोच रहेको संचालक सदस्य न्यौपानेले जानकारी दिएकी छिन् ।

नेपालीले संचालन गरेका नेपाली रेस्टुरेन्टहरु जापानमा धेरै भए पनि जापानीज रेस्टुरेन्ट चाहिँ सिमित रहेका छन् ।  अन्लाइनखबरबाट






Related Posts
  • एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति
  • विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश ल्याइने
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३८, संक्रमित संख्या ३३,१७० र संक्रमित २ जनाको मृत्यु
  • संचारिका समूह गण्डकीले गरे पत्रकार महिलालाई सुरक्षा सामाग्री वितरण
  • पछिल्ला सम्प्रेसणहरु

    यो हप्ता भरी मलाई साह्रै दु:ख बनाएको दुई वटा घटना

    एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति

    विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश ल्याइने

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस