ह्याङ्ला दोलखा काठमाडौंले २७ माघमा ल्होछार मनाइने

परदेशी खबर/ २ फेब्रुअरि, कुवेत। ह्याङ्ला दोलखा काठमाडौ तामाङ समाजले ल्होछार मनाइने भएको छ ।
 
ह्याङ्ला दोलखा काठमाडौ तामाङ समाजको आयोजनामा विभिन्न व्यक्तित्वको उपस्थितिमा काठमाडौको सुकेधार स्थित नवदुर्गा पार्टी प्यालेसमा माघ २७ गते शुभकामना आदानप्रदान तथा बिशेष साँस्कृतिक कार्यक्रम गरि ल्होछार मनाइने भएको हो ।
 
उक्त कार्यक्रममा दोलखाबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रत्यक्ष तथा समानुपातिक सांसदमा निर्वाचित भएका सांसदहरूलाई बधाई तथा शुभकामना लगायत दोलखाबाट काठमाडौमा व्यवसायी,समाजसेवीलाई समेत सम्मान गरिने संस्थाका अध्यक्ष सरोज मोहन मोक्तान तामाङले बताइएको छ ।
 
बिशेष गरेर दोलखाबाट काठमाडौ आएर विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी,पेशाकर्मी,व्यवसायी,विद्यार्थी,राजनीति दलका प्रतिनिधिहरु लगायतलाई एकता गराउने हेतुले ल्होछार कार्यक्रम गर्न लागेको बताउदै कार्यक्रमलाई सव्य र भव्य बनाउन कला क्षेत्रमा विशेष योगदान पुर्‍याएका दोलखाली कलाकारहरूलाई समेत निमन्त्रणा गरिएको आयोजकले जानकारी दिइएको छ ।
 
उक्त कार्यक्रममा कलाकारहरु कलाकार तथा निर्देशक निर्माता गोप्पीलाल गोले तामाङ कलाकार छेवाङ तेन्जिङ लामा, रामकृष्ण लो, सुबास मोक्तान, मीन योन्जन, बसन्ती लामा, निसा योन्जन,नायिका तथा निर्माता सुकुमाया मोक्तान नायिका,पुर्णिमा मोक्तान मोडेल अनिता गोले,मीना लामा मोडेल खेम मोक्तान,अभि लामा कलाकार तथा निर्माता राजु लामा वरिष्ठ कलाकार कुईसाङ रुम्बा तामाङ लगायत थुप्रै दोलखाली कलाकारहरुको बेजोड प्रस्तुति रहने बताउदै समाजका अध्यक्ष तामाङले दोलखाबाट काठमाडौ आएका तामाङ तथा गैर तामाङलाई निमन्त्रणा पुगेका नपुगेका सबैलाई यस समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित हुन समेत अनुरोध गरेका छन् ।
 
सैलुङअनलाइनबाट





Related Posts
  • यो हप्ता भरी मलाई साह्रै दु:ख बनाएको दुई वटा घटना
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३८, संक्रमित संख्या ३३,१७० र संक्रमित २ जनाको मृत्यु
  • नेपाली जनसम्पर्क समिति युएईले परराष्ट्रमन्त्री लाई बुझाए ज्ञापनपत्र
  • कोरियामा एक नेपाली चेलीको दुःखद निधन, घटना श्रृंखलाबद्ध बन्दै
  • पछिल्ला सम्प्रेसणहरु

    यो हप्ता भरी मलाई साह्रै दु:ख बनाएको दुई वटा घटना

    एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति

    विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई तत्काल स्वदेश ल्याइने

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस