आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

तामाङ फाउन्डेसन नेपालको ल्होछार वनभोज साँस्कृतिक धमाका-२८५४ को तयारी पुरा 

परदेशी खबर १९ माघ २०७४, शुक्रबार ०२:२४ मा प्रकाशित ( ६ साल अघि) १५६ पाठक संख्या

परदेशी खबर/ २ फेब्रुअरि, कुवेत |  तामाङ फाउन्डेसन नेपाल केन्द्रीय समितिले गर्न लागेको ल्होछार वनभोज साँस्कृतिक धमाका-२८५४ को तयारी अन्तिम चरणमा पुगेको छ । तामाङ फाउन्डेसन नेपालले कार्यक्रम माघ २० गते नेपालथोकमा गर्न लागेको हो ।

खी/नाखी वर्षको सोनाम ल्होछारको अवसर पारेर माघ २० गते शनिबार काभ्रे, सिन्धुली र रामेछाप जिल्लाको केन्द्रविन्दु नेपालथोकमा गर्न लागेको ल्होछार कार्यक्रममा सोनाम ल्होछारलाई आम तामाङ समुदायसामु पुर्‍याउन र एक अापसमा ल्होछारको शुभकामना अादानप्रदान गर्ने उद्देश्यसहित ल्होछार वनभोज तथा बृहत साँस्कृतिक कार्यक्रम-२८५४ को अायोजना गरेको संस्थाको केन्द्रीय अध्यक्ष अरुण घिसिङले बताउनु भयो । साथै कार्यक्रममा तामाङ फाउन्डेसन नेपालको जिल्ला शाखा काभ्रे, नुवाकोट, रामेछाप लगायतका जिल्लाहरुको औपचारिक घोषणा सभा पनि हुने घिसिङले बताए ।
ल्होछार वनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र केही बाँकी रहेको कुरा पनि १९ गते सम्म सबै पूरा हुने आयोजज टिमले जानकारी दिएको छ । साँस्कृतिक धमाका कार्यक्रममा गायिका जितु लोप्चन, गायक अमृत लामा, अनिल स्याङ्बो, मोडल प्रीतम लामा लगायतका दर्जनौं कलाकारहरुको उपस्थिति रहने भएका छन् ।

ल्होछार वनभोज तथा साँस्कृतिक कार्यक्रममा सबैलाई उपस्थितिका लागि आयोजक परिवारले आव्हानसमेत छन् ।

कार्यक्रम निम्न मिति र स्थानमा हुनेछ ।

मिति: २०७४ माघ २० गते, स्थान: नेपालथोक

गोल्चेसंचार डटकमबाट