शनिबार काभ्रेको बनेपामा ल्होछार सांस्कृति कार्यक्रम हुने 

परदेशी खबर/ २ फेब्रुअरि, कुवेत | तामांग समुदायको महान एबम राष्ट्रिय सास्कृति पर्ब गाउँगाउँ घरघर मनाउने क्रममा तामांग भाषा, धर्म, कला र सस्कृतिको जगेर्ना गरौ भन्ने नाराका सहित काभ्रेको बनेपामा सोनाम ल्होछार मनाउने भएको छ।

पूर्व सभासद तिर्थ लामाको प्रमुख आतिथ्यतामा जिल्लाको बनेपा स्थित बसपार्कमा मञ्जुश्री संवत् २८५४ औं खि (नागी) ल्हो सोनाम ल्होछारको अवसर पारेर  बृहत सास्कृतिक कार्यक्रम आयोजना गरी ल्होछार मनाउने भएको हो ।

रास्ट्रिय ख्यातिप्राप्त तामांग कलाकारहरुको साथमा तामाङ समाज काभ्रेको आयोजनामा हुने बृहत ल्होछार साँस्कृतिक कार्यक्रममा अमीर दोङ,विशाल काल्तान ,बिकु थोकर,रोशन फ्युबा तामाङ,जोगलाल लामा,सुनिता लुङ्बा,विशाल घिसिङ,संगीता दोङ,गणेश जिम्बा,अञ्जु थोकर,वैरागी मोक्तान,रोज कुमार लामा अनिशा तामाङ उद्घोषिका स्मारिका थिङ लगायतले आआफ्नो प्रस्तुति राख्ने भएका छन् । साथमा किकर किड्स क्र्युको बेजोड सांगीतिक प्रस्तुति रहेको आयोजकले जनाइएको छ ।

उक्त कार्यक्रममा तामाङ्ग सस्कार र सस्कृति अनुसारको वाङ्ग मोलम, लामा र बोन्बोद्वारा झाकी प्रदर्शनी समेत हुने भएको छ | कार्यक्रमलाई सव्य र भव्य बनाउन तामाङ समाज मलेसिया,किकर किड्स क्र्युले सह-आयोजक गरेका छन् भने  कुन्छाङ होटेल,परेली रेस्टुरेन्ट बनेपा र मण्डल रेस्टुरेन्ट मलेसियाले प्रायोजन गरेका छन् । माघ २० शनिबार बिहान १० बजे बाट सुरु हुने उक्त कार्यक्रममा  उपस्थित हुन सम्पूर्ण काभ्रेवासीलाई आयोजकले हार्दिक अनुरोध समेत गरेका छन् |






Related Posts
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)
  • सीमा सुरक्षा थप मजबुत बनाइँदै
  • दाङका जबिन्द्रको कुवेत आएको डेढ महिनामै निधन
  • पछिल्ला सम्प्रेसणहरु

    सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

    काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस