आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

अमेरिकामा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

परदेशी खबर ९ माघ २०७४, मंगलवार ११:१७ मा प्रकाशित ( ६ साल अघि) १३२ पाठक संख्या

 

 

जनवरी २३,  । अमेरिकाको अलास्का खाडीमा ८.२ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।

भूकम्प अलास्काको कोदियाकभन्दा १७५ माइल दक्षिणपूर्वमा मध्यरातको केही समयपछि गएको थियो । अमेरिकी भौगर्भिक विभागले भूकम्प ६ माइल गहिराइबाट आएको बताएको छ ।

दक्षिणपूर्वी र दक्षिण अलास्कामा सुनामीको चेतावनी जारी गरिएको छ । त्यस्तै क्यानाडाको ब्रिटिश कोलम्बियामा पनि चेतावनी जारी भएको छ । हवाई टापुमा पनि सुनामीको चेतावनी जारी भएको छ ।
भूकम्पबाट हताहतीको कुनै खबर आएको छैन ।

सीएनएनबाट