आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

चिनीया वर्ष २०१८ को अवसरमा मलेसियाको प्रमुख तीन शहरमा बृहत साँस्कृतीक कार्यक्रम हुने 

परदेशी खबर ८ माघ २०७४, सोमबार १७:३९ मा प्रकाशित ( ६ साल अघि) ३०८ पाठक संख्या

यामराज बिष्ट/जनवरी २२, मलेसिया । चिनियाँ नयाँ बर्ष २०१८ को अबसर पारेर मलेसियाको प्रमुख तीन शहरमा सास्कृतिक कार्यक्रम हुने भएको छ ।

‘‘सगुन सास्कृतिक मञ्च जोहर रेस्टुरेन्ट पाहुना घर र दिपज्योति युवा क्लब मलेसियाले आयोजना गर्न लागेको चाइनिज न्यु एयर कन्सर्ट २०१८ नामक” सांगीतिक कार्यक्रममा नेपाल बाट ख्याति प्राप्त करिब आधा दर्जन भन्दा बढी कलाकारहरु मलेसिया अाउने छन् ।

चिनिया नयाँ बर्षको सार्बजनिक बिदालाई सदुपयोग गरि उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । फेब्रुअरी १६ मा न्युयोर्क होटेल जाेहर, १७ फेब्रुअरी देवनहल मलक्का ओसियन ,फेब्रुअरी १८ बातुपाहाडमा आयोजना हुने कार्यक्रममा सांगीतिक कार्यक्रममा देश तथा बिदेशमा चर्चा कमाएका राष्ट्रिय तथा स्थानीय दर्जनौ भन्दा बढी कलाकारहरुले आफ्नो प्रस्तुति प्रस्तुत गर्ने छन ।

नेपाल बाट अाउने राष्ट्रिय कलाकारहरुमा, पछिल्लो समयमा निकै ब्यस्त युवा गायक नेपाल आइडल टप ४सम्म पुगेका सागर आले मगर, लोकदोहरी गायिका भुमिका गिरी, चर्चित हास्यकलाकार बिष्णु सापकोटा (हर्के हलदार), मोडल तथा डान्सर एलिसा राई, गायिका दीपा लामा, पप गायक सुनिल मगरको जोडदार प्रस्तुति रहने आयोजकको भनाई छ।

यस्तै स्थानीय कलाकारहरु, सञ्चारकर्मी तथा गायक यामराज बिष्ट, लोकगायक बिन्दु दर्लामी मगर, आधुनिक गायक अर्जुन किराँती, बिरबल राई, मौसम तमाङ, अनिश राई, सोनम लामा, मेनुका थापा मगर, बिपना मोक्तान देविका सुनार, जिवि खड्का, अनिल राई, प्रेमा शेर्पा, रञ्जु गौतम, सफल सागर, गणेश आरपी, उतम कुलुङ, दिलिशा राई लगाएतका कलाकारहरुको प्रस्तुति रहने छ ।

उक्त कार्यक्रम को मिडिया पाटनर, कारोबार राष्ट्रिय दैनिक, ओएस नेपाल, दर्पण नेपाल रहनेछन् ।