आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

श्रम स्वीकृति घोटाला काण्डका ३३ जनालाई अदालतबाट सफाइ

परदेशी खबर ८ माघ २०७४, सोमबार १३:३६ मा प्रकाशित ( ६ साल अघि) १८२ पाठक संख्या

 

जनवरी २२,काठमाडौं, – वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई श्रम स्वीकृति दिँदा आर्थिक अनियमितता गरेको अभियोग लागेका ३३ जनाले विशेष अदालतबाट सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीशहरु प्रमादेकुमार श्रेष्ठ, चण्डीराज ढकाल र द्वारिकामान जोशीको इजलाशले अनियमिततामा संलग्न भएको अभियोग लागेका सबै ३३ जनालाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम स्वीकृति दिने क्रममा कामदार र म्यानपावर कम्पनीबाट घुस लिएको भन्दै वैदेशिक रोजगार विभागका तत्कालीन निर्देशक रामजीप्रसाद बरालसहित ९ जना कर्मचार तथा २४ जना म्यानपावर सञ्चाकविरु २०७१ असार ११ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा विभिन्न पटक सुनुवाइ हुँदै आएकोमा विशेष अदालतले सोमबार मात्रै फैसला सुनाएर सबैलाई सफाइ दिएको हो ।

लोकन्तर बाट