आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024
FLASH NEWS

सिलवाल पक्राउ गर्न इन्टरपाेल डिफ्युजन नोटिस जारी

परदेशी खबर ८ माघ २०७४, सोमबार ०९:१९ मा प्रकाशित ( ६ साल अघि) २३७ पाठक संख्या

नवराज सिलवाल

जनवरी २२, काठमाडौ ।नेकपा एमालेका सांसद तथा पूर्व डीआइजी नवराज सिलवालको खोजी गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ।

 

आइजीपी बढुवा सम्वन्धि कार्यसम्पादन मूल्यांकन किर्ते अभियोगमा सिलवाललाई बयानका लागि बोलाउँदा उपस्थित नभएपछि र प्रहरीको पक्राउ प्रयास लगातार असफल भएपछि प्रहरीले डिफ्युजन नोटिश जारी गरेको नेपालखबरमा समाचार छ  ।

नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको हो।

ललितपुर क्षेत्र १ बाट एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिलवालले आफू जनताका प्रतिनिधिबीच रहेको र प्रहरीकै वरिपरि रहेको बताएपछि प्रहरी परिसर ललितपुरबाट १ सय ६५ जनाको टोली उक्त क्षेत्रमा परिचालित भएपनि  तर उक्त प्रयास असफल भएको थियो।

ललितपुर प्रहरी परिसरले सिलवालको खोजीमा महानगरीय प्रहरी कार्यालयबाट १ सय ५० जनाको थप मद्दत मागेको थियो भने परिसरबाट १५ जनासहित १ सय ६५ जनाको टोली खटिएको थियो। कार्यसम्पादन मूल्यांकनमा किर्ते भएको भन्दै सिलवालसँग सोधपुछ र बयान लिन काठमाडौं प्रहरीले उनलाई पक्रन गत पुस १८ मा ललितपुर प्रहरीलाई पत्राचार गरेको थियो।

के हो डिफ्युजन नोटिस?

डिफ्युजन नोटिस जारी भएपछि अभियुक्तलार्इ जुनसुकै मुलुकका प्रहरीले पूर्व पक्राउ गर्न सक्छन्। नेपालमा अपराध गरेर विदेश भागेका अपराधिलार्इ पक्राउ गर्नको लागि यो नोटिस इन्टरपोलले जारी गर्छ।

सिलवाललाई पनि यो नोटिसले मार्फत विदेशी प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाउन बाटो खुलेको छ। यसअघि प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाठौंको जिम्मा लगाउन निर्देशन दिएको थियो। त्यसअघि ललितपुरको गोदावरी स्थित निवासमा सिलवाल पक्राउ गर्न पुगेको ललितपुर प्रहरीको टोली उनी नभेटिएपछि रित्तो हात फिर्ता भएको थियो।