आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

विदेशबाट टिभी ल्याउँदा के कति भन्सार तिर्नुपर्छ ?

परदेशी खबर ८ माघ २०७४, सोमबार ०८:०३ मा प्रकाशित ( ६ साल अघि) २१८ पाठक संख्या

 

जनवरी  २२,।वैदेशिक रोजगारीको लागि विदेशमा हुनुहुन्छ र नेपाल फर्किन खोज्दै हुनुहुन्छ पक्कै पनि सामानहरू के के ल्याउने भन्ने सोचिरहनुभएको होला । सामान ल्याउने सोच्ने कुरा सँगै के के कुराहरूमा भन्सार लाग्छ वा लाग्दैन वा लाग्छ भने के कति लाग्छ भन्ने कुराहरू पनि बुझ्नु जरुरी हुन्छ । यो लेखमा हामी तपाईँलाई सहयोग हुनेगरी ती विषयहरूमा कुराकानी गर्नेछौ । शुभयात्रामा धेरै साथीहरूले टिमी ल्याउन के कस्तो पैसा पर्छ भनेर बुझिराख्नुभएको हुन्छ । वहाँहरूलाई पनि यो लेख काम लाग्ने हामीले विश्वास लिएका छौँ ।

कसले ल्याएको सामानमा भन्सार लाग्दैन ?

६ महिनाभन्दा धेरै समय विदेशमा बसेको व्यक्तिले आफूले चलाइरहेको ३२ इन्च भन्दा कम साइजको टिभी ल्याउँदा तिर्नुपर्दैन
त्यस्तै ६ महिनासम्म विदेश बसी नेपाल फर्केकाहरुको लागि क्रमशः: २२, २३ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिमा क्रमशः प्रति इन्च २ सय, ३ सय, ४ सय ५०, ५ सय ५०, ६ सय र १२ सय ५० रुपैयाँ कर लाग्ने छ।
साथै ६ महिनाभन्दा बढी विदेश बसी नेपाल फर्केकाहरुको लागि क्रमशः: २२, २३ देखि २९, ३० देखि ३२, ३३ देखि ३९, ४० देखि ४९ र ५० इन्च भन्दा माथिमा क्रमशः प्रति इन्च १ सय ५०, २ सय ५०, ४ सय, ५ सय, ५ सय ५० र १२ सय ५० रुपैयाँ कर लाग्ने छ।
त्यस्तै ल्यापटप, फ्रिज र अन्य सामानको भने मूल्याङ्कन हेरी महसुल लिइन्छ ।
साथै नेपाली कामदारले मलेसिया तथा खाडी मुलुकबाट फर्कँदा तीनवटा ब्ल्याङ्केट ल्याएमा दुईवटासम्मको सम्पूर्ण भन्सार महसुुल छुट दिइने र अर्को एउटामा भने १ सय ५० रुपैयाँ तिर्नुपर्छ।
विदेशमा बसी फर्केका नेपाली यात्रुले ल्याउने एल.सी.डी. वा प्लाज्मा टेलिभिजनमा भन्सार महसुल कति लाग्छ ?

विदेशमा बसी फर्केका नेपाली यात्रुले ल्याउने जुनसुकै टेलिभिजनमा एकमुष्ट समदरमा मूल्यको ५५% का दरले महसुल लाग्नेछ।
तर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार बाह्र महिना काम गरी आउने नेपाली नागरिकहरूलाई एक पटकको लागि अभिलेखवद्ध गरी निजहरूले साथमा ल्याएको एउटा जुनसुकै प्रकारको बत्तिस इन्च सम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ । सो भन्दा बढी इन्चको टेलिभिजन ल्याएमा उक्त छुट सुविधा दिइनेछैन
स्रोत: भन्सार विभागको वेबसाइट http://www.customs.gov.np/ne/faq.html

थप प्रश्नहरू भए भन्सार विभागको तलको नम्बरमा सम्पर्क गर्नुहोस्:

फोन नं. : ०१-४२५९८६१

फ्याक्सः ४२५९८०८

इमेल: [email protected]

साभार शुभयात्रा डट्कमबाट