फागुन ४ गते सोनाम ल्होछार मनाउन १ हजार १ जनाको मुल समारोह समिति गठन

परदेशी खबर/ १ जनवरी, कुवेत । नेपाल तामाङ घेदुङको नेतृत्वमा फागुन ४ गते सोनाम ल्होछार मनाउन १ हजार १ जनाको मुल समारोह समिति गठन भएको छ । घेदुङको केन्द्रिय कार्यालय पुतलीसडकमा बसेको विभिन्न संघसंस्थाको संयक्त बैठकले उक्त निर्णय गरेको हो ।

तामाङ समुदायको महान चाड, नयाँ बर्ष एबं राष्ट्रिय सास्कृतिक पर्ब ल्होछार तामाङ पहिलो महिना ख्रेला छेपागि अर्थात विक्रम सम्वतको फागुन ४ गते नागी (खि) ल्हो २८५४ भब्य रुपमा मनाउने निर्णय भएको घेदुङका महासचिव बाबु घिसिङले जानकारी दिनुभयो ।

“सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान” भन्ने नारा मुल नाराका साथ मनाउने भएको छ । बैठकले विविध सांस्कृतिक महोत्सवसहित काठमाडौंमा यहि आउँदो फागुन ३, ४ र ५ गते बृहत कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

विक्रम सम्वतको क्यालेण्डरमा यहि आउँदो माघ ४ गते सोनाम ल्होछार भनि उल्लेख भएको विदा गलत भएकोले त्यसको भ्रममा नपर्न सम्पुर्णमा मुलसमारोह समितीले आग्रह पनि गरेको छ । सरकारलाई यसअघि नै नमिलेको विदाको बारेमा सच्याउन आग्रहसहितको ध्यानकर्षण गराइसकेकोले सच्चिएर आउनेमा विश्वस्त रहन पनि आम तामाङ समुदायलाई समितिले आग्रग गरेको छ ।

बिभिन्न संघ सस्थाले र केही ब्यक्तीहरुले माघ ४ मा नै हो भनेर गलत प्रचार गरेको हुँदा थप स्पस्ट पार्न समितीले ल्होछारका विषयमा आएका भ्रम तथा गलत प्रचारको बारेमा स्पष्ट पार्न यहि पुष १८ गते पत्रकार सम्मेलन गर्ने पनि जनाएको छ ।






Related Posts
  • तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न
  • इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न
  • किराया शाखा युएईको राष्ट्रिय आबिष्कार केन्द्र प्रचार प्रसार सहयोगार्थ तथा यलेदोङ बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस