आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतको खराफी नेशनलमा ३ सय भन्दा बढी नेपाली कामदार अलपत्र, उद्दारका लागि आज नेपाली समुदाय र दूतावास बिच छलफल हुने

परदेशी खबर ६ पुष २०७४, बिहीबार ०५:०१ मा प्रकाशित ( ६ साल अघि) ३२८ पाठक संख्या

नैनकला राई/ डिसेम्बर २१ , कुवेत l बिगत लामो समय देखी पारिवारिक विवादले मालिकविहिन बनेको कुवेतको नेसनल खराफी कन्स्ट्रक्टिंग कम्पनीमा काम र तलब बिहिन बनेर समस्या झेल्दै आएको करिब ३ सय कामदार केहिदिन देखि खानको सप्लाई बन्द गरेपछि समस्यामा परिरहेको कामदारहरुको कसरि सहज तरिकाले उद्दार गरेर नेपाल पठाउन सकिन्छ भन्ने उद्धेश्यका साथ आज डिसेम्बर-२१ बिहीवार-बेलुकी ५:०० बजे कुवेतना कृयाशिल सम्पूर्ण नेपाली संघ्-संस्थाका प्रतिनिधिहरु र नेपाली दुतावास बिच छलफल गरिने भएको छ।

कुवेत स्थित सुलेबिया क्षेत्रको क्याम्पमा बस्दै आएको कामदारहरुको डिसेम्बर महिनाको सुरुवात देखिनै खानाको सप्लाई बन्द गरेपछि नेपाली दुतावासले सम्बन्धित कम्पनीमा कुरा गरेपछि ६ तारिक देखि खाना उपलब्ध गराउदै आएको र पुनः डिसेम्बर १८ तारिक देखि सप्लाई बन्द गरेपछि करिब ३ सयजना कामदारहरु बिचल्लीमा परेको हो l

यसै महिनाको गत हप्तामात्र अलपत्र परेकाहरु मध्य नाजुक आर्थिक अवस्थाका २० जनाको जरिवाना तिर्न एसओएस म्यानपावरले २५ सय कुवेती दिनर (करिब नौ लाख नेपाली रुपैया ) नेपाली दुतावासलाई पठाएको रकमले उनीहरुको उद्दार गरि नेपाल पठाइसकेको छ l
नेपाली लगाएत विभिन्न मुलुकका हज्जारौं कामदारहरुको भिषा लामो समय देखि नबिकरण नगरेकोले प्रति व्यक्ति गरेर प्रति दिनको २ कुवेती दिनर ( करिब ६ सय ८० रुपैये ) र बढीमा ६ सय कुवेती दिनर कुवेत सरकारलाइ रकम भुक्तानी गर्नु पर्ने भएको छ l कुवेतको कानुनमा गैरकानुनी हैसियतमा परेका कामदारहरुले जरिवाना भुक्तानी भएपछि मात्रै स्वदेश फिर्ताको अनुमति पाउने छन् l
सोहि कम्पनीको सोएबा क्याम्पमा पनि नेपाली लगाएत भारत, श्रीलंका, फिलिपिन्सको गरि ठुलो संख्यामा महिनौ देखी घर फर्कन तलब र काम बिना बाटो कुरीरहेका र अधिकांशको भिसा नबिकरण नभएको र ओभर-स्टे जरिवाना बापत रकम बुझाउनुपर्ने र यो रकम बुझाउन कामदारको हैसियत नभएको भन्दै बिचल्लीमा परेको सोहि क्याम्पका पिडित कामदार राजन राईले फोन मार्फत परदेशी खबरलाई जानकारी गराउदै उद्दारको लागि कुवेतका दुतावास लगाएत क्रियाशील संघ संस्थासंग अपिल गरेको छ l

आज डिसेम्बर २१ तारिकको छलफलमा कुवेतमा कृयाशिल नेपाली संघ्-संस्थाका प्रतिनिधिहरु तथा पत्रकार र सामाजिक अभियान्ता-सहयोगिहरुलाई बोलाइएको र यसै सुचनालाई आधार मानेर दुतावासको सभाहलमा बेलुकी ५:०० बजे उपस्थित हुन सबैलाई सुचित गरिन्छ।