आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

सिर्जनाको लहर साहित्य सिकाईको आयोजनामा "रोजगारीको महत्त्व" बिषयक मुक्तक प्रतियोगिता मंसिर २४मा

परदेशी खबर २४ मंसिर २०७३, शुक्रबार ०६:४३ मा प्रकाशित ( ७ साल अघि) २३० पाठक संख्या

आकाश शेर्पा”यात्री” / नोभेम्बर २४, कुवेत । “अग्रजलाई सम्मान सष्टालाई प्रोत्साहन” भन्ने मुलनारालाई अगाडि बढाउदै स्थापना भएको सिर्जनाको लहर साहित्य सिकाईले “रोजगारीको महत्त्व” बिषयक प्रथम मुक्तक प्रतियोगिता यहि मंसिर २३ डिसेम्बर ९ का दिन गर्ने तयारी पूरा भएको छ ।
नेपाली साहित्य आकाशलाई अझ फराकिलो बनाउदै सिक्न र सिकाउने थलोको रूपमा रहेको यस सिर्जनाको लहर साहित्य सिकाईले समाज र देशमा भएको घटना र विचारलाई साहित्य मार्फत खबरदारीको साथमा दायित्व र कर्तव्य निर्वाहको लागि घच्घच्याउन विभिन्न साहित्यिक बिधा मार्फत दबिएको आवाजलाई पनि बुलन्द गर्ने प्रयासरत रहेको छ ।

त्यसैको प्रयास स्वरुप प्रथम मुक्तक प्रतियोगितालाई “रोजगारीको महत्त्व” बिषय राखिएको आयोजक संयोजक कमल के थापाले परदेशी खबरलाई जानकारी दिएको छ । आयोजकले निर्णय गरेको नियम भित्र रहेर प्रतियोगिताको दिन तोकिएको समयमा आयोजक सिर्जनाको लहर साहित्य सिकाईको आधिकारिक फेसबूक पेजमा लाईक गरेर तीन वटा मुकक साथ सहभागीता जनाउन सकिने आयोजकले जानकारी दिएको छ । आयोजना संयोजक हेम घर्ती र कमल के थापाले गरेको छ भने मिडिया सहयोगीको रुपमा परदेशी खबर डटकम रहेको छ ।
प्रतियोगीले पालना गर्नु पर्ने नियमहरु :-
१) प्रतियोगीले दिईएको विषय भित्र रहेर ३ वटा मुक्तक लेख्नु पर्ने तीनवटै मुक्तकहरु मुक्तकको संरचना /सिद्धान्त भित्र रहेको हुनुपर्ने
२ ) मुक्तक कुनै कृतिमा पहिला प्रकाशन नभएको हुनुपर्ने
३) मुक्तक विषय भन्दा बाहिरको भएमा स्वत: खारेज हुने
४) तोकिएको समय भन्दा अगाडि अथवा पछाडि प्राप्त मुक्तकहरुलाई निर्णायक मण्डलमा पठाइने छैन
५) कुनै विवाद आएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम निर्णय हुने
६) प्रतियोगिले सिर्जनाको लहर साहित्य सिकाईको पेज अनिवार्य रुपमा लाईक गर्नु पर्ने छ
मिति:-२०७३/०८/२४
समय:-बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म
स्थान:- सिर्जनाको लहर साहित्य सिकाईको अाधिकारिक पेज